नेपालीले अमेरिकाको ग्रीनकार्ड लिने तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ फाल्गुन २०७१, आईतवार ०७:२४

download (2)अमेरिका ।  अमेरिकाको अध्यागमन कानूनका अनुसार, तपाई अमेरिका भन्दा बाहिर हुनु हुन्छ । अर्थात तपाई हाल नेपालमा बसिरहेको हुनुहुन्छ । र अमेरिकाको ग्रीन कार्ड कसरि बनाउने भनेर सोची रहनु भएकोछ भने तपाई को लागि एउटा तरिका छ । तपाई नेपालमा नै बसेर अमेरिका आउनु पूर्व अमेरिकाको ग्रीनकार्ड बन्न सक्ने पर्याप्त कानुनी आधारहरु तपाई संग छन्  ।  तपाईको लागि केहि आधार मा नेपाल बाट तपाईआफैले वा अमेरिका मा रहनु भएका नागरिक वा ग्रीन कार्ड नातेदार वा अमेरिकन रोजगारदाताले तपाई को लागिआप्रवासी पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट स्वीकृत भएको अवस्था छ ,   र आप्रवासी भिषा पनि तुरुन्तउपलब्ध छ भने तपाई ले अमेरिका को नेसनल भिषा सेन्टर मार्फत काठमाडौँ मा रहेको अमेरिकन कन्सुलेट माआप्रवासी भिषा का लागि निबेदन दिन सक्नु हुन्छ। तपाई को आप्रबाशी भिषा अमेरिकन कन्सुलेट बाट अन्त्यमास्वीकृत भएको खण्डमा तपाई अमेरिका आएर यहाँ को स्थाई बासिन्दा अर्थात अमेरिका को ग्रीन कार्ड पाउन सक्नुहुन्छ ।

तपाई हाल नेपाल मा हुदा खेरि पनि अमेरिका को ग्रीन कार्ड पाउने पर्याप्तआधार हरु भने तपाई संग हुनु पर्छ। उदाहरण का लागि, अमेरिका मा रोजगारी को माध्यम तपाई को रोजगारदातालेतपाई को लागि आप्रवासी आइ-१४० निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएकोखण्डमा; तपाई असाधारण प्रतिभा को व्यक्ति भएर तपाई तपाई आफैले आइ-१४० आप्रवासी निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा; तपाई संग अमेरिका मा लगानी गर्ने योजनाछ भने तपाई आफैले आप्रवासी आइ-५२६ निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृतभएको खण्डमा; अर्थात तपाई को अमेरिका को नागरिक नातेदार वा ग्रीन कार्ड नातेदार ले आप्रवासी आइ-१३०निवेदन/पिटिसन दिएर यु. यस. सी. आइ. यस. बाट सर्बपर्थम स्वीकृत भएको खण्डमा र अमेरिका को स्थाईआप्रवासी भिसा तुरुन्त उपलब्ध भएको खण्डमा , दोस्रो चरण मा अमेरिका को नेसनल भिषा सेन्टर को आप्रबासीभिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरेर चाहिने कागजपत्रहरु, भिषा निबेदन र बुझाउनु पर्ने फीलगायत अन्य प्रक्रिया नेसनल भिषा सेन्टर मार्फत पुरा गरि तपाई ले दिएको स्थाई आप्रवासी भिषा निबेदन लाइनेपाल मा रहेको अमेरिकन कन्सुलेट बाट पनि अन्तिम चरण मा स्वीकृत भएको खण्डमा मात्र नेपाल बाट अमेरिकाआएर ग्रीन कार्ड होल्डर बन्न सकिन्छ।

तसर्थ, तपाई को लागि मुख्यतया रोजगारी वा परिवार मा आधारित आप्रवासी निवेदन/पिटिसन अमेरिकाबाट यु. यस. सी. आइ. यस. ले सर्बप्रथम स्वीकृत गरेर आप्रवासी भिषा तत्काल उपलब्ध भएको खण्डमा दोस्रो चरणमा तपाई ले अमेरिका को नेसनल भिषा सेन्टर को आप्रबासी भिषा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया हरु पुरा गरिपिटिसन गर्ने वा भिषा निबेदन दिने व्यक्ति ले बुझाउनु पर्ने चाहिने मूल वा प्रतिलिपि कागजपत्रहरु, भिषा निबेदन रबुझाउनु पर्ने सरकारी भिषा दस्तुर फि लगायत अन्य प्रक्रिया पुगेको अवस्था छ भने नेपाल मा रहेको अमेरिकनकन्सुलर अफिस ले भिषा निवेदक को अन्तरबार्ता लगायत अन्तरबार्ता अगाडी वा पछाडी का आबस्यक अन्य अरुप्रक्रियाहरु समाप्त गरि कन्सुलर अफिस ले नै निवेदक लाइ भिषा दिने कि नदिने भनेर अन्तिम निर्णय गर्ने गर्दछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१