भरतपुर क्यान्सर अस्पतालको रेडियोधर्मी बाटोबाटै हरायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ बैशाख २०७१, बिहीबार ०६:५०

चितवन ,१८ वैशाख । चितवनको भरतपुरस्थित वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको रेडियसन अन्कोलोजी विभाग अन्तर्गत क्यान्सर रोगको उपचारमा प्रयोग हुने रेडियोधर्मी पदार्थ हराएको छ । गत बैशाख ८ गत्ते कुरियर मार्फत काठमाडौं हुंदै बेल्जियम पठाउन लागिएको सो रेडियोधर्मी बीच बाटोबाटै हराएको हो । मानव स्वास्थ्यमा ठूलो असर पुर्‍याउने करोडौं मुल्यको सो पदार्थ हराएसंगै अस्पतालमा खैलाबैला मच्चिएको छ । नारायणगढको एयर फ्लाइट एक्सप्रेस कुरियर्स प्रालि मार्फत काठमाडौंको स्विफ्ट कार्गोलाई पठाईएको सो पदार्थ काठमाडौंको कलंकीबाट हराएएको अस्पताल स्रोतको भनाई छ ।

हराएको पदार्थ सेतो बाल्टिनमा भएको र बाहिरी भागमा रेडियसनको चिन्ह रहेको अस्पतालले जनाएको छ । सो पदार्थले मानिसलाई क्यान्सर हुनुका साथै अङ्गभङ्ग समेत बनाउन सक्छ । अस्पतालले प्रत्येक ४ महिनामा बेल्जियमबाट रेडियोधर्मी ल्याउने र प्रयोग पश्चात् पठाउने गर्दै आएको छ । अस्पतालले सामान्य रुपमा कुरियरबाट काठमाडौंको कार्गोमा पठाउने गरेकाले यस्तो घट्ना भएको बताईएको छ । हराएको रेडियोधर्मी फेला पार्नेलाई प्रहरीमा बुझाईदिन सञ्चार माध्यमबाट सूचना प्रसारण गरिएको अस्पतालका उप निर्देशक विजय न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०