संखुवासभामा पिउने पानीको हाहाकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार १४:२८

योगी योगेन्द्र / संखुवासभा, १७ वैशाख  । संखुवासभा जिल्लामा पिउने पानीको हाहाकार भएको छ । आकाश बाट पानी नपरेको कारण मुहान सुक्न थालेपछि पिउने पानीको आभाब भएको हो ।पिउने पानीको अभाव भएपछि जिल्लाको सदरमुकाम खाँदबारी र चैनपुरका स्थानिय बासिन्दाहरु पिउने  पानी किनेर खान बाध्य भएका छन् । सदरमुकाम खाँदबारीमा खोलाबाट ल्याइएको पानी एक रुपैयाँ लिटरमा बिक्री हुन थालेको छ ।create_thumb खानेपानीको हाहाकार भएपछि  सभाखोला र अरुणनदीबाट ट्याक्टरमा ल्याएको पानी एक रुपैयाँ लिटरमा किनबेच हुन थालेको छ ।संखुवासभा जिल्लाको पुरानो सदरमुकाम चैनपुरमा भने पिलुवाखोलाको पानी ड्रममा राखेर ल्याउँदै बिक्री  गरिन्छ । खाँदबारी बजारमा वर्षौदेखि पानीको समस्या भएकाले ट्याक्टरबाट ल्याएर बिक्री थालिएको हो । यहाँका तीन दर्जनभन्दा बढी बासिन्दा, भवन निर्माणकर्ता र व्यापारिक प्रतिष्ठानले दैनिक पानी खरिद गरिरहेको छ । खाँदबारीमा १८ किलोमिटर दक्षिणबाट र चैनपुरमा १० किलोमिटर टाढाका खोलाबाट पानी ल्याइन्छ । पिउने पानी आभाबले गर्दा सदरमुकाम खाँदबारी र  चैनपुरका बासिन्दाहरु बढी समस्या हुने गरेको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१