बस दुर्घटनामा १० जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ फाल्गुन २०७१, बुधबार १०:१९

भारत, ६ फागुन । भारतको मध्यप्रदेशको धार जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १० यात्रुको मृत्यु भएको छ । करिब ६० जना यात्रु बोकेर इन्दौरबाट राजस्तानतर्फ गइरहेको निजी बस सडक भन्दा करिब १५ फिट तल खोँचमा पल्टिएको थियो ।

durghatanama-pareko-bus-3_20140102090940दुर्घटनामा ३३ यात्रु घाइते भएको अधिकारीहरुले जनाएका छन् । मृत्युहुनेमा प्राय महिला र बालबालिका रहेको बताइएको छ । यात्रुहरु तिर्थयात्राका लागि राजस्थानतर्फ जाँदै गरेका थिए । प्रहरीले दुर्घटनाको छानबिन जारी राखेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१