अख्तियारद्धारा चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु कब्जामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार ११:०३

प्रविण अग्रवाल, jana jyoti campusरौतहट १७ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रनिगाहपुरस्थित जन ज्योति बहुमुखी क्याम्पस तथा उच्च माध्यामिक विद्यालयको कागजातहरु सोमवार कब्जामा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट आएको विशेष टोलिले लामो समय देखि जन ज्योति बहुमुखी क्याम्पसमा तथा उच्च माध्यामिक विद्यालयमा आर्थिक रकम पारदर्शि नभएको भन्ने उजुरी परेपछि आवश्यक छानविनका लागि विल भरपाई,व्यवस्थापन समितिको माइन्यूट,खर्चको विवरण र निर्णय अनुसारका निर्णय कार्यान्वयन भए नभएको भन्ने बारेमा छानविन गर्न अख्तियारको टोलिले ती कागजातहरु कब्जामा लिएर गएको जन ज्योति बहुमुखी क्याम्पसका एक जना शिक्षकले जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्व विद्यालय अनुदान,जिल्ला विकास समिति रौतहटको आर्थिक सहयोग तथा जन ज्योति क्याम्पसको आन्तरिक श्रोत परिचाल गरि जन ज्योति बहुमुखी क्याम्पसको पक्की भवन निर्माण करिव अन्तिम चरणमा आएको वखत भवन निर्माणसंग सम्वन्धित कागजातहरु अख्तियारले कब्जामा लिएको हो । क्याम्पस भवनको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको भएपनि के कति हाल सम्म निर्माणको क्रममा खर्च भएता पनि क्याम्पस व्यवस्थापन समितिले दोहोरो लेखाप्रणाली समेत नअपनाई करिव १० लाख रुपिया नगद परिचालन गरेको विद्यार्थी यूनियनका एक विद्याथीले बताए ।
अख्तियारको टोलिले जन ज्योति उच्च माध्यामिक विद्यालयको विना विल भरपाई रकम भुक्तानी गरिएको तथा विद्यालयमा हाजिरी नगरि केहि शिक्षकहरुले तलव लिएको भन्ने सम्वन्धमा परेको उजुरीको आधारमा केहि कागजातहरु नियन्त्रणमा लिएको छ ।२०५८ सालबाट संचालनमा आएको श्री जन ज्योति बहुमुखी क्याम्पस लामो समय देखि विवादमा तानिदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१