जापानमा ६.९ रेक्टरको भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १६:०६

टोकियो,५ फागुन । समुन्द्र भित्र भुकम्प आएको कारण उत्तरी जापानमा मंगलवार सामान्य सुनामी आएको छ । यस क्षेत्रमा सन् २०११ मा भीषण सुनामी आएका कारण ठूलो आँधी आएको थियो ।

पूर्वी इवात प्रान्तमा विहान नौ बजेर सात मिनेट जाँदा २० सेन्टिमिटर सुनामी लहर रेकर्ड कायम भएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले एक मीटर उचाईमा सुनामी लहर उठ्ने आशंका गरेको थियो ।

japan1कुन्जीमा सुनामीको लहर उठिरहेको एजेन्सीले चेतावनी दिएको छ । यद्यपी यसको वेग भने बढ्ने सम्भावना भने नरहेको बताइउको छ । इवात प्रान्तको अन्य तटीय भागमा १० सेन्टिमीटरसम्म सुनामीको लहर रेकड कामय भएको छ । अहिलेसम्म कुनै क्षति तथा हताहतीको घटना भने भएको छैन ।

विहान ८ बजेर ६ मिनेट जाँदा ६.९ रेक्टर स्केलकाे भूकम्प गएको थियाे । मियाकोबाट करिब २१० किलोमिटर पूर्वको प्रशान्त क्षेत्रमा १० किलोमीटरको गहिराईमा भूकम्प गएको हाे । सन् २०११ मा भूकम्प तथा सुनामीका कारण १८ हजार भन्दा बढी नागरिकको ज्यान गएको थियो भने फुकुशिमा परमाणु विस्फोट भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१