ऋण मिनाहाबारे सहमतिमा पुग्छौँ : ग्रीस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार १४:१२

एजेन्सी,५ फागुन । ग्रीसका अर्थमन्त्री यानिस भारुफाकिसले युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुसँग ऋण मिनाहाबारे सहमतिका लागि मिल्ने सबैकुरा गर्न आफूहरु तयार रहेको घोषणा गरेका छन्। युरो मुद्रा प्रचलनमा रहेका मुलुकका अर्थमन्त्रीहरुसँगको वार्ता विफल भएपछि ग्रीक अर्थमन्त्रीको पछिल्लो भनाई आएको हो। यसअघि ग्रीसले २४० अर्ब युरो ऋण मिनाहाको समयसीमा लम्ब्याउन युरोपेली संघले गरेको प्रस्ताव अस्वीकार गरेको थियो। अर्थमन्त्री भारुफाकिसले उक्त प्रस्ताव ‘बेतुक’को र अस्वीकार्य भएको बताए।

150208230107_greece_bridge_loan_640x360_._nocredit

उनले सहमतिका निम्ति तयार रहेपनि त्यो फरक स्थितिमा हुनुपर्ने बताए। यद्यपि सहमतिमा पुग्न सकिने उनको भनाई थियो। उनले भने, “अन्तिम समयमा भएपनि युरोपले सहमति गर्न सक्छ, यसरी नै युरोपेली प्रक्रिया अघि बढ्छ र युरोप बन्छ।” तर युरोपेली संघको वार्ता टोली प्रमुखले वार्ताका निम्ति अब केही दिनमात्र बाँकी रहेको चेतावनी दिएका छन्। यरुन डाइसहब्लुमले थप आर्थिक सहायता चाहिने वा नचाहिने कुरा अब ग्रीसमा निर्भर गर्ने बिबिसीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१