आइएसविरुद्ध हस्तक्षेप गर्न इजिप्टको माग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ फाल्गुन २०७१, मंगलवार ११:१३

एजेन्सी,५ फागुन । इजिप्टले लिवियामा सक्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आईएस विरुद्ध हस्तक्षेप गर्न अन्र्तराष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ । इजिप्टका राष्ट्रपति अब्दल फतह अल सिसीले लिवियामा आइएसको जारी आतंकले विश्वको शान्तिमा असर पुर्‍याउने भन्दै उसलाई तत्काल हस्तक्षेप गर्न अन्र्तराष्ट्रिय समुदायलाई अपिल गर्नु भएको हो ।

ukrene

आइएसले इजिप्टका २१ नागरिकको सिर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेको भोलिपल्ट राष्ट्रपति अल सिसीले फ्रान्स र इटालीका प्रधानमन्त्रीलाई फोन गरी लिवियामा सक्रिय आइएसको आतंकवादविरुद्ध लड्न आग्रह गर्नुभयो ।

पछिल्लो घटना पछि रुष्ट भएको इजिप्टले आईएस विरुद्ध राष्ट्रसंघीय समर्थन जुटाउन गृहमन्त्री समेह शुक्रिलाई न्यूयोर्क पठाएको वीवीसीले जनाएको छ । लिवियामा सन् २०११ यता आइएसको हिंसा चर्किदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१