हातमा निम्तो थमाउँदै सम्झिएर जान्छन (१२ मुक्तक)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार १३:११

1)
आउँछन धोका दिनेहरु दिएर जान्छन ।।
केहि छोडेर जान्छन केहि लिएर जान्छन ।।
हिजो अस्ति जन्मौ जन्म छुट्ने छैनौ भन्ने पनि।।
हातमा निम्तो थमाउँदै सम्झिएर जान्छन ।।
-सहयात्रि सुरेन्द्र भण्डारी
कैलाली
2)
बिश्वास गर्नु तिम्रो नि यस्तो दिन हुनेछ
जस्तो पानीबिनाको पोखरी अर्थहिन हुनेछ
ठोकुवा नै लगाएर भन्नसक्छु मैले
म बिना त तिम्रो जिबन नि कठिन हुनेछ
अस्मिता भट्टराई
देबदह, रुपन्देही
3)
न त तिम्रो याद खिएर जान्छ
न त अरु तिर पन्छिएर जान्छ
भुलाउँन तिमीलाई जती नशा पिउँछु
नशा सँगै माया झाँगिएर जान्छ
कुशल कार्कि
बिराटनगर-१०
4)
सङगत त आँखा र आँशु जस्तो होस।
दुनियाले देख्दा हाँसु हाँसु जस्तो होस।
जे जस्तो परे पनि कहिल्यै अलक नहुने।
सम्बन्ध त नङ र मासु जस्तो होस।।
राष्ट्रराज कार्की कार्की वाडा मुगु गमगढी
5)
बल्झाउँछ याद आँखा भरि भल बनाउँछ॥
मुटु दुखाउँछ मन जलाउँछ घायल बनाउँछ॥
साँच्चै कति अनौठो छ यो प्रेम भन्ने चिज,
एउटा सद्दे मान्छेलाई नि पागल बनाउँछ।।
प्रदिप खनाल, अर्घाखाँची।
6)
आफैलाई नोक्सान थियो आफ्नै सम्झेर ।
जस्तो कि पुतलीले दियो आफ्नै सम्झेर ।
आज बिर्सनु भन्ने आदेश आएको छ ,
जसलाई मुटुमा राखियो आफ्नै सम्झेर ।
@ अर्याल कृष्ण ‘अथवा’ आँपचौर 7 गुल्मी ,हाल देवघाटधाम
7)
यो दिलमा ठूलै हलचल चलाएर जान्छ
रेटिन्छ मुटु, शरिर गलाएर जान्छ
यो याद पनि कति बैगुनी हुदो रै’छ,
न हराउँछ कहिल्यै, न जलाएर जान्छ
{Bishnu Bikram Sen Oli, Ghorahi Dang}
8)
मच्चाउदै भाडभैलो चर्चित हुन्छन कोही
उघारेर दिलको दैलो चर्चित हून्छन कोही
भरीएको भए कीन छचल्किन्थ्यो यति धेरै
आधा ज्ञानको हल्लाइ घैलो चर्चित हून्छन कोही
नगेन्द्र न्यौपाने ओझेल
जुरोपानी-९
झापा
हाल-साउदी अरब
9)
स्वच्छ सफा निस्चल अनी पवित्र बनाईदीन्छ,
सबै कुरा एउटै संसार भित्र बनाईदीन्छ,
यही त छ रेडीयो को एउटा गुण,
नदेखेनी एक अर्कालाई मित्र बनाईन्छ,
‘सुगम’श्यामस्वेत जि सी मैदान 5 अर्घाखाँची हाल बुटवल रुपन्देही
10)
साच्चै रेडियोले मेरै, कहानी बताउछ !!
लाग्छ मलाइ जानी हो या नजानि बताउँछ !!
जात भन्छ न औकात भन्छ ,एहि एउटा छ,,
महल छानो सबलाइ एउटै ,ठानि बताउछ!!
सुरेश कुवँर !साँझ!
बझाङ
हाल : तमिलनाडु
11)
न दिनले चिनाउँन सकेको थियो, न बारले चिनाउँन सकेको थियो !!
न त कुनै सोच अनि विचारले चिनाउँन सकेको थियो !!
रेडियोले गर्दा आज म यति धेरै चिनिन पुगे !!
न नामले चिनाउँन सकेको थियो, न अनुहारले चिनाउँन सकेको थियो !!
~खिमा शेर्पाली
रुँघा २ घनखोला रुकुम
12)
पैसा पठाउने छु अनि गहना पठाउने छु!!
र तिम्लाई मिठा मिठा सपना पठाउने छु!!
प्रदेशीको संन्देसहरु नछुटाई सुन्नु तिमी!!
बेला बेला रेडियोमा सम्झना पठाउने छु!!
भुपेन्द्र बि.एम.”क्यानभास”
मुसिकोट नगरपालिका११
लसुनबारी रुकूम
हाल_मलेशिया

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१