आईएसले २१ क्रिश्चियन नागरिकको हत्या गर्‍यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ फाल्गुन २०७१, सोमबार १०:१०

एजेन्सी,४ फागुन । इस्लामिक स्टेट आइएसले लिवियामा रहेका २१ जना इजिप्सियन नागरिकको निर्मम हत्या गरेको छ । आईएसले उनिहरुको शीर छेदन गरी हत्या गर्दै गरेको भिडियो सार्वजनिक भएको हो । इजिप्टको चर्चमा मुस्लिम महिलामाथि ज्यादती गरेको भन्दै बदलास्वरुप उनीहरुको हत्या गरिएको आइएसले भिडियोमा भनेको छ ।

resize_image

कामका लागि लिवियामा रहेका उनीहरुलाई आईएसले नियन्त्रणमा लिई हत्या गरेको वीवीसीले जनाएको छ । लिवियामा आइएसको द्वन्द्व चर्किए यता, इजिप्ट सरकारले लिवियामा रहेका आफ्ना नागरिकलाई पटक पटक स्वदेश फर्कन आग्रह गर्दै आएपनि अझै पनि इजिप्टबाट कामको खोजिका लागि लिविया जाने क्रम रोकिएको छैन । मारिने सबै क्रिश्चियन नागरिक हुन् । झण्डै ९ करोड जनसंख्या रहेको इजिप्टमा डेढ करोड नागरिक क्रिश्चियन छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१