यौन चरमसुखका लागि पार्टनरको कला…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार ०९:००

‘सम-भोग’ भन्ने शब्दले दुवैको सक्रिय सहभागितामा कुनै चिज भोग गर्ने भन्ने कुरालाई जनाउँछ। यौनका सन्दर्भमा यसको भूमिका अहम हुन्छ। अझ चरम सुखानुभूतिका लागि त दुवै जनाको मानसिक, शारीरिक तथा भावनात्मक सक्रियता अत्यावश्यक मानिन्छ।

यौनसुख प्राप्त गरेका सबैले यसको चरम सुख पनि प्राप्त गरेका हुन्छन् भन्न सकिँदैन। चरम यौनसुख प्राप्त गर्ने रहर भए पनि विविध कारणले यसको स्वर्गीय आनन्द भोग गर्न पाइरहेका हुँदैनन्। यौन शिक्षा, ज्ञान, समय र प्रयोगको उपाय नजान्दा व्यक्ति जीवनभर चरम सुखको आनन्दबाट वञ्चित हुन्छ। भनिन्छ, ‘चरमसुख’ भनेको यौनक्रियाभित्र लुकेको एउटा ‘रसवरी’ हो। ओशोलगायत अनेकन यौनविज्ञ एवं मनो विज्ञहरूले समेत यसलाई विस्तृत रूपमा गहन विश्लेषण गरेका छन्। चरमसुख एउटा रहस्यमय गहना हो, जसलाई पत्ता लगाई उपभोग गर्न सक्नेले नै यौनको महत्व बुझ्न सक्छ।1112

बेलाबखत सार्वजनिक हुने विभिन्न सर्वेक्षण प्रतिवेदन एवं तथ्यांकहरू अध्ययन गर्दा पनि यो कुरा पुष्टि हुन्छ। अझ अशिक्षित, अन्धविश्वासी एवं यौनलाई फोहोरी भनेर चिनिने समाजमा चरम सुखको कुरा अधिकांशका लागि अस्वाभाविक पनि लाग्न सक्छ। ग्रामीण क्षेत्रको त के कुरा राजधानीजस्तो ठाउँमा समेत यौनका कुरा गर्नेलाई अझै नकारात्मक दृष्टिकोणले हेरिएको पाइन्छ।

चरम सुख प्राप्त गर्नु हरेकको चाहना हुन्छ, तर उचित यौनशिक्षाकै अभावमा व्यक्तिको चाहना तुहिरहेको हुन्छ। चरमसुख प्राप्तिको नाममा यौनको दुरुपयोग हुन्छ र समाजमा नकारात्मक घटनाहरू घट्छ। चरमसुखको अभावमा दाम्पत्य जीवन नै खतरामा पर्ने गरेको समेत विभिन्न प्रतिवेदनहरूले औंल्याएका छन्। चरमसुखको अनुभव नभए सम्बन्धमा फाटो मात्र आउँदैन, चरम सन्तुष्टिको खोजीमा भौंतारिन थाले दाम्पत्य जीवनमै खतराको घण्टी बज्न थाल्छ। बढ्दो सम्बन्ध विच्छेदका घटना त्यसकै परिणाम पनि हो।

सन् १९८३ मा प्ले ब्वाइ म्यागजिनले पहिलो पटक यौनसम्बन्धी विश्वव्यापी सर्वेक्षण गरेको थियो। प्लेब्बाइले सार्वजनिक गरेको पछिल्लो तथ्यअनुसार ४३ प्रतिशत महिला आफ्नो श्रीमान् वा ब्याइफ्रेन्ड हुँदाहुँदै पनि अरू युवकसँग अनलाइन डेटिङ गर्छन्। ५९ प्रतिशत महिला यौ नसम्पर्कका बेला आफ्नो यौनसाथीलाई बढी उत्तेजित बनाउन आफू चरमोत्कर्षमा पुगेको अभिनय गर्छन्। स्मरण रहोस्, महिलालाई चरमो त्कर्षमा पुग्न पुरुषलाई भन्दा बढी समय लाग्छ, तर यो कुरा ख्याल नगर्दा आफ्नो यौनसाथीको आवश्यकतामा धक्का पुगिरहेको हुन्छ।

एक सर्वेक्षणअनुसार सयमा ५६ जना पुरुषले आफ्नी श्रीमती वा गर्लफ्रेन्डका साथै अरू युवतीसँग पनि यौनसम्पर्क गरेका हुन्छन्। गर्लफ्रेन्ड वा श्रीमती हुँदाहुँदै बाहिर यौनसम्पर्क गर्नु भनेको चरम सुखको खोजी पनि हो भन्छन् यौनविज्ञहरू। आफ्नो पति/पत्नी वा गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डबाट चरम सन्तुष्टि पाउन नसकेपछि यसको खोजीमा भौंतारिदा दाम्पत्य जीवनमै तुषारापात भैदिन्छ।

यौन उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्दा कोही जीवनभर जेलको चिसो हावा खाएर बस्न बाध्य छन, कोही प्राणघातक एचआईभी एड्सबाट संक्रमित छन् भने कोही कलिलै उमेरमा आमा बन्नुपरेको तीतो यथार्थ छ। एक अध्ययन सर्वेक्षणअनुसार अझै पनि अधिकांश मानिसको मस्तिष्कमा घुसेका अन्धविश्वासी कुराहरू तथा यौनसाथीको स्वार्थका कारण चरम यौनसुखबाट वञ्चित हुनेहरूको संख्या बढ्दै पाइएको छ। चरम सन्तुष्टि प्राप्तिका लागि दुवैको साथ र सहयोग त अत्यावश्यक छ नै, यसका साथै दुवै जनामा प्राककृडा, यौन शिक्षा एवं व्यावहारिक सीपको पनि उत्तिकै आवश्यक हुन्छ। नेपाली समाजमा यौनलाई फोहोरी कुरा भनेर सिकाइन्छ, विवाहपछि आफैं जानिन्छ भन्ने चलन छ, यौनका कुरा गर्नेलाई नकारात्मक कोणले हेरिन्छ, जसले गर्दा पनि यौन शिक्षाको अभावमा विकराल समस्याहरू आइरहेका छन्। त्यसैले पनि ने पालमा यौनशिक्षा आवश्यक देखिन्छ।does-sex-effect-muscle-growth_c

यौन शिक्षा प्राप्त गर्ने स्रोत भनेकै निकटका साथीभाइ मात्र भएका छन् नेपालमा। पाठ्यक्रम भरपर्दाे हुन सकेको छैन। यौनका बारेमा प्रकाशित पुस्तकहरूमा यौन शिक्षाभन्दा पनि अश्लीलता प्रदर्शन गरिएका हुन्छन्, जसले यौनप्रति सकारात्मकभन्दा नकारात्मक सूचना प्रवाह गरेका गछर् न्। तिनले जिज्ञासालाई सही तरिकाले मेट्न सक्दैनन्, बरु उल्टै स्वास्थ्यलाई हानि पुर्‍याउने वा मानसिक यातना दिने खालका सामग्री समावेश गरेका हुन्छन्।

जुन कुरा गर्नु हुँदैन भनिन्छ, उक्त कुराप्रति झुकाव बढ्नु मानवीय गुण नै हो। यौनको प्रश्नमा पनि यो कुरा लागू हुन्छ। त्यसैले युवा अवस्थामा प्रवेश गर्नुपूर्व नै यौनका बारेमा सही साँचो कुरा बुझाउन सके पछि पछुताउनु पर्दैन। यौन एउटा व्यक्तिगत कुरा हो, तर आफ्नो यौनसाथीसँग खुला छलफलबिना चरम सन्तुष्टि उपभोग गर्न सकिँदैन। एउटाको मनभित्र उकुसमुकुस भएर फुट्न खोजेको उत्तेजनाको ज्वालामुखीलाई यौ नसाथीको सानातिनो आनाकानी ठूलो पीडा बन्न सक्छ। पीडाबोध मात्र होइन, यौनसाथीको मनमा हीनताबोध छाउन सक्छ। चरम यौन सन्तुष्टिका लागि दुवैजना चरम उत्तेजनामा आउनु आवश्यक छ, अन्यथा स्वार्थकेन्दि्रत सम्भोगले चरम सुख प्राप्त हुन सक्दैन।

दुवैको सहमतिमा खुलेर सम्बन्ध अघि बढाउन सके मात्र सम्भोगलाई सुखद बनाउन सकिन्छ। त्यसैले दुवैको मनोभाव बुझेर मात्र यसतर्फ लाग्नुपर्छ। आफ्नो यौनसाथीको यौनिक अंगहरू प्ाहिचान गर्न सक्नु पनि सन्तुष्टिको आधार हो। उत्तेजनालाई चरमोत्कर्षमा पुर्‍याउन सक्नु नै चरमसुख भोगको आधार हो। यौनसाथीलाई उत्तेजनामा ल्याउन पहिले त उसको उत्तेजनात्मक अंगहरूको पहिचान गर्नुपर्ने हुन्छ। महिला हुन् वा पुरुष दुवैका यी अंगहरू व्यक्तिपिच्छे फरक-फरक स्थानमा हुन्छ। सामान्यतः हातका पाखुरा, औंला, आँखा, गाला, खुट्टाका पैंताला, मुख, जिब्रो, यौनांग आदि हुन्। ती अंगहरूमध्ये आफ्नो पार्टनरको मुख्य उत्तेजनात्मक अंग कुन हो पत्ता लगाउनु नै चरम सन्तुष्टिको आधार तयार पार्नु हो। यसमा दुवैको उत्तिकै भूमिका हुन्छ।

यस्तो कुरामा ख्याल गरिएन भने सम्भोग बलात्कारसरह हुन सक्छ। यति मात्र होइन, यदि यौनसाथीको पहिलो पटकको सम्पर्क हो भने यौ नप्रतिको उसको सोचाइ नै जीवनभर गलत भैदिन पनि सक्छ। पार्टनरको चाहनाप्रति बेवास्ता गर्नु भनेको चरम सन्तुष्टिबाट विमुख हुनु हो। आफ्नो जीवनसाथीको हाउभाउ र व्यवहारबाटै उत्तेजनाको स्तर पत्ता लगाउनुपर्छ।sex_addiction

आफ्नो यौनसाथीको बोली, हाउभाउ एवं व्यवहारले नै उसको उत्तेजनास्तर कहाँ पुग्यो भन्ने कुरा पत्ता लाग्छ। कोही यौनिक शब्द सुन्नासाथ रातोपिरो वा उत्तेजित हुन्छन् भने कोही शारीरिक अंगहरूको सामीप्यताले उत्तेजित हुन्छन्। त्यसैले यस्ता कुरामा विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ। चरमसुखको आधारविम्ब पाक्क्रीडा पनि हो। त्यसैले पाककृडामा ध्यान दिन सके मात्र चरम सुखभोग गर्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१