​युद्धविरामको पालना गर्न युक्रेन राष्ट्रपति पोरोसेन्कोको निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ फाल्गुन २०७१, आईतवार १२:०१

एजेन्सी,३ फागुन । युक्रेनी राष्ट्रपति पेत्रो पोरोसेन्कोले युद्व विरामको पालना गर्न resize_imageआफ्ना सेनालाई निर्देशन दिनुभएको छ । राष्ट्रपति पोरोसेन्कोले रुस समर्थित बिद्रोहीले इमान्दारिता पुर्वक युद्धबिरामको पालना गर्नुपर्ने भन्दै एक सम्मेलन मार्फत आफ्ना सेनालाई युद्व रोक्न निर्देशन दिनुभएको हो । राष्ट्रपतिको औपचारिक निर्देशनसँगै बिद्रोही नेताहरुले पनि युद्धबिरामको पालना गर्न आफ्ना लडाकुहरुलाई निर्देशन दिएको बिबिसीले जनाएको छ । पुर्वी युक्रेनमा गत अप्रिलदेखी शुरु भएको युद्धमा अहिलेसम्म ५ हजार बढीले ज्यान गुमाएको बताइएपनि संयुक्त राष्ट्रसंघले त्यो भन्दा ठुलो संख्यामा मानिसको मृत्यु भएको दावी गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१