टेक्सासका नेपालीलाई १० लाख अमेरिकी डलरको चिठ्ठा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार ११:०१

अमेरिका,१ फागुन । अमेरिकाको टेक्सासमा खाद्य स्टोर सञ्चालन गर्दै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रुपैयाँ अर्थात दश लाख अमेरिकी डलरको चिठ्ठा जितेका छन् । उनको स्टोरबाट बिक्री भएको चिट्ठा ‘ज्याकपट’मा परेपछि उनी ‘पावरबल’बाट हकदार बनेका हुन् । चार जनालाई संयुक्त रुपमा chandra-sibakotiपरेको ज्याकपटबाट उनको भागमा मात्र १० लाख डलर आएको हो ।५ सय ६४ दशमलब १ मिलियन डलरको लागि भएको ड्रमा ११, १३, २५, ३९, ५४ र पावर बल १९ निस्किएको थियो । ३ जना विजेताहरुलाई ५६४.१ अमेरिकी डलरलाई ३ भागमा बिभाजित गरि वितरण गरिनेछ। यसैबीच नर्थ टेक्सासको टिकटमा बिजेता टिकटका बिक्रेता भने नेपाली हुन्। टेक्सासका चन्द्र शिवाकोटी र कुमार शिवाकोटीले सञ्चालन गरेको नर्थ टेक्सासको प्रिन्सटनस्थित एप्पल ट्री फुडमार्टबाट खरिद गरेको टिकट बिजयी भएको हो। पावर बलमा बिक्री भएको टिकट बिजयी भएमा बिक्रेताले पनि कमिशन पाउने नियम छ। यही नियम अनुसार नेपालीले सञ्चालन गरेको फुड मार्टले करिब १ मिलियन डलर कमिशनका रुपमा पाउनेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०