सहमति पूर्ण पालना नगरे रसियामाथि पुन प्रतिवन्ध : युरोपेली युनियन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार १०:५०

काठमाडौं,१ फागुन । रसियाले पूर्वी युक्रेनमा जारी युद्ध रोक्न भएको सहमति पूर्ण रुपमा कार्यान्वयन नगरे पुन प्रतिवन्ध झेल्नुपर्ने युरोपेली युनियनले चेतावनी resize_image (1)दिएको छ । जर्मन चान्सलर एन्गेला मर्केलले सहमतिको पूर्ण कार्यान्वयन नभए रसियामाथी पुनह प्रतिवन्ध लगाउने सम्वन्धमा युरोपेलि युनियनका प्रमुखहरु विच छलफल भईरहेको बताउनुभयो ।

वेलारुसको राजधानी मिनिस्कमा रुस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरुको १७ घण्टा चलेको बार्तापछि पूर्वी युक्रेनमा युद्ध विराम गर्ने सहमति भएको थियो । मर्केलले सहमति पुर्णरुपमा कार्यान्वयन भए नभएको बारे युरोपेली युनियनले अनुगमन गर्ने बतउनुभयो ।  सो युद्धविराम आगामी आईतबारबाट लागु हुनेछ । युद्धविराम सम्वन्धी सम्झौतामा रसिया समर्थित विद्रोही समूहका नेताले समेत हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१