मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार ०३:२४

गुल्मी ,१७ वैशाख ।  गुल्मीको दुविचौरमा मोटरसाइकल दुर्घटना हँुदा एक शिक्षकको मृत्यु भएको छ । गौँडाकोटबाट तम्घास आउँदै गरेको लु११प ७१८२ नम्बरको मोटरसाइकल दुविचौर–४ खोल्टेपानीमा सोमबार साँझ दुर्घटना हँुदा तम्घास–२ निवासी २८ वर्षीय दानबहादुर खत्रीको मृत्यु भएको हो ।
म्यालपोखरी माध्यमिक विद्यालय गौँडाकोटका शिक्षक रहेका खत्री विद्यालयबाट घर फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गुल्मी जुभुङ्ग–१ का दिनेश थापा घाइते भएका छन् । थापाले नजिकैबाट लिफ्ट मागेर चढेको र मोटरसाइकल तीव्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकेर दुर्घटना भएको बताएका छन् ।motorcycle-accident-thailand-600x450
मृतकको सडकदेखि १० मिटर तल खसेर खाडलमा टाउको अड्किएको थियो भने मोटरसाइकल पछाडि बसेका घाइते सडकमै थिए । मोटरसाइकल भने सडकबाट १०० मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त्त श्रीवास्तवले जानकारी दिए । घाइते थापाको जिल्ला अस्पताल तम्घाँसमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१