तत्काल युद्ध बिराम गर्न सहमत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार ११:४७

युक्रेन, २९ माघ । युक्रेन संकट समाधानका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को तत्काल युद्ध बिराम गर्न सहमत भएका imageछन ।
बेलारुसको मिन्स्कमा भ्लादीमिर पुटिन र पोरोसेन्कोबीच भएको वार्तामा दुवैले युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन । यद्यपी, युक्रेनको पुर्वी भागमा रसिया समर्थीत पृथक्तबादी र सेनाबीच भिडन्त जारी रहेको छ । जर्मन चान्स्लर एन्गेला मार्केल र फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ होलान्डको पहलमा भएको वार्ता सहज रुपमा भएको बताइएको छ । वार्तामा तत्काल युद्ध बिराम गर्नुका साथै युक्रेनको पुर्वी क्षेत्रमा पृथक्तबादीहरुसँग रहेका हतियारहरु बुझाउनुपर्ने विषयमा छलफल भएको बताइएको छ । युक्रेन संकटका क्रममा हाल सम्म करिब साढे ५ हजार मानिसको ज्यान गइसकेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१