ओबामाले गरे मोदीको आलोचना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार १२:४९

भारत,२६ माघ । अघिल्लो साता मात्रै भारत भ्रमणमा आएर फर्केका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा धार्मिक असहिष्णुता भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रपति ओबामाले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको नामै नलिई भारतमा धार्मिक असहिष्णुता हुनु गान्धीमाथि चोट पुर्याउनु हो भनेका Obama in india with modiछन् ।

तिब्बती नेता दलाइ लामासँगको भेटमा ओबामाले भारतमा विभिन्न फरक–फरक धार्मिक समुदायहरु बसेको भन्दै भारतले कुनै एउटा धर्मको पक्षपोषण गर्न नहुने चर्चा गरेका समाचारहरुमा जनाइएको छ ।
ओबामाले वार्षिक प्राथनासभाका अवसरमा वासिंगटनमा भएको भोजमा यस्तो टिप्पणी गरेका थिए । उनले भारतसँगै सिरिया, इराक र नाइजेरियाको सन्दर्भ पनि उठाएको बताइएको छ । उनले फ्रान्समा भएको चार्ली हेब्डो पत्रिकामाथिको आक्रमणबारे पनि बोलेका थिए ।
दिल्लीमा क्रिश्चियन समुदायमाथि निरन्तर रुपमा अपमान भएको र चर्चहरुमा आक्रमण भएको समाचारहरु आइरहेका बेला ओबामाले यस्तो टिप्पणी गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१