ओबामाद्धारा चार हजार अर्ब अमेरिकी डलर बराबरको बजेट पेस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १०:५०

वासिङटन,२१ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले खर्च तथा कर सुधारका साथमा चार हजार अर्ब अमेरिकी डलर बराबरको बजेट पेस गरेका छन् ।

बजेट रिपब्लिकन दल नियन्त्रित कंग्रेसबाट पारित हुन निकै कठिन रहेको सञ्चारमाध्यमले जनाएका छन् ।  सोमबार जारी विस्तृत विवरणमा राष्ट्रपति ओबामाले वर्षौंको मितव्ययितापछि सुधार भएको अर्थतन्त्रमा आधारभूत संरचना, अनुसन्धान लगायत सेनामा ठूलो रdownload-2कम खर्चने योजना बनाएको बजेटले देखाएको छ । सरकारी वरिष्ठ अधिकारीले योजना मध्यमवर्गीय परिवार, अर्थतन्त्रका अग्रपंक्तिलाई सहयोगी हुने बताएका छन् । उनीहरूले यसले वित्तीय अनुशासन पुनःस्थापना गर्ने काममा निरन्तर प्रगति गर्ने बताएका छन् । योजनाले कूल गार्हस्थ उत्पादनको तीन प्रतिशत घाटा कायमै रहने व्यवस्था गरेको छ ।
बजेटको पूर्ण विवरण सोमबार सार्वजनिक हुनेछ । ओबामाले बजेटबारे भाषण गर्नेछन् । हाल यो मन्त्रालय नै रिपब्लिकनसँग बजेट संघर्ष गर्ने संस्था भएको छ । यसले राष्ट्रपति ओबामा लडाकूको रूपमा प्रस्तुत हुने देखाएको छ । रिपब्लिकनहरू गैर सैनिक खर्च वृद्धि रोक्ने कुरामा अडानमा रहेका छन् र साथै करमा देखिएका कमजोरी हटाउने मनसायमा छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१