आईएसले पाइलटलाई पिंजडाभित्र राखेर जिउदै जलायो (फोटोफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १०:२७

काठमाडौं । ईस्लामिक अतिवादी संगठन आईएसले उसको कब्जामा रहेका जोर्डनी पाइलट मोएज अल कसासबेहलाई जिउँदै जलाएर हत्या गरेको छ ।

कसासबेहलाई जिउँदै जलाएको भिडियो इन्टरनेटमार्फत् सार्वजनिक गरिएको हो । कससाबेहको हत्या गरिएको कुरालाई जोर्डनले पनि पुष्टि गरेको छ ।

कसासबेहलाई एउटा पिंजडाभित्र राखेर बाहिरबाट आगो लगाइएको भिडियोमा देखिएको छ ।

आइएसविरुद्धको मिसनमासहभागी पाइलट कसासबेहले चलाएको विमान गत डिसेम्बरमा सिरियाको राक्का क्षेत्रमा खसेपछि आइएसले उनलाई कब्जामा लिएको थियो ।

जोर्डनले उनलाई छुटाउन ठूलो पहल गरेपनि सफल भएन । कसासबेहको हत्याको खबरलगत्तै जोर्डनी राजा अब्दुल्लाले आफ्नो अमेरिकी यात्रालाई बीचमै रोकेर देश फर्किएका छन् ।

उनले देशवासीलाई एकजुट रहन पनि अपील गर्नुभएको छ । पाइलटको हत्याप्रति विश्वभरबाट निन्दा गरिएको छ ।

अमेरिकी राष्ट्रपति बराक ओबामाले घटनाको नि

न्दा गर्दै आतिवाद रोक्नका लागि विश्वका सबै एकजुट हुनुपर्ने बताए । (स्रोतः एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१