आगलागी पिडितलाई ईजरायलबाट आर्थिक सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १०:०३

10941680_908431882520796_1618775239_n

चिसाङ्ग शेर्पा/  क्वालालम्पुर- बस्ने घर आगोले जलेपछि बिचल्लीमा परेका आगलागी पिडितलाई आर्थिक सहयोग जुटेको छ । देबिस्थान – १ पैयाटार पायोङ्ग खोटाङ्गका प्रकाश पुष्पक राईको परिवारलाई ईजरायलबाट ३७ हजार ७ सय ५० पचास सहयोग मिलेको हो । भान्साघरको चुल्होबाट निस्किएको आगोले दुई घर जलेका राईलाई धरान बाजगरा – १५ सुनसरिका चन्द्रा लिम्बु, झापा दमकका तारा लावती र धनकुटा डाँडा बजार – १ का गंगा कुमारी सुहाङ लिम्बु को नेत्रित्वमा तिर्थ नेगी तामाङ २५०० रुपया इन्दिरा उप्रेती २५२५ रुपया पूजा अर्चना २५२५ रुपया र तारा लावती १०००० रुपया गंगा कुमारी सुहाङ लिम्बु १०१०० रुपया चन्द्रा लिम्बु १०१०० रुपया गरी जम्मा ३७७५० रुपया ईजरायलबाट नगद सहयोग गर्नु भएको हो । उक्त सहयोग रकम हुण्डी मार्फत मंगलवार पिडितको हातमा पुगेको छ ।

खोटाङ्ग बतासे एकका साहित्यकार तथा पत्रकार प्रदिप राईको पहलमा उक्त सहयोग रकम जुटेका हुन । यस लगतै देश तथा बिदेशबाट सहयोग रकम जुटिरहेको अन लाईन खवर साझा सवाल मलेसिया समाचारदाता राईले बताउनु भयो ।

खोटाङ्गसेवा समाज युवा एकता मलेसियाका सचिव,प्रवासी कलम मलेसियाका कोषाध्यक्ष,नयन मञ्जरी र क्षितिज साहित्यक पत्रिका प्रधान सम्पादक राई रोजगारीको शिलसिलामा मलेसियाको राजधानी क्वालालम्पुरमा कार्यरत छन ।

साहित्यकार तथा पत्रकार राईको दुबै घर जल्दा एक थान कम्प्युटर,टेलिभिजन,सोलार,मोबाईल लत्ताकपडा,भाडाकुडा र सम्पुर्ण अन्नपात जलेर नष्ट भएको थियो । आगलागीबाट लगभग २० लाखको क्षतीभएको परिवारले बताएको छ । गएको माघ ११ गते दुबै घर जलेका पिडित परिवार अस्थाई टहरा बनाएर बसिरहेका छन । आगलागीबाट कुनै मानबिय क्षति भने भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१