प्रदर्शनमा सरकारले दमन गरेको अमेरिकी आरोप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १६:२८

अमेरिका,२० माघ । भेनेजुएलामा ४३ जना मारिएको महिनौं लामो प्रदर्शनमा 150130142229_venezuela_protests_624x351_afpसरकारले दमन गरेको अमेरिकी आरोप छ । आफ्ना अधिकारीहरुविरुद्ध संयुक्त राज्य अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धप्रति भेनेजुएलाले आपत्ति जनाएको छ। मानवअधिकार उल्लंघनको घटना र भ्रष्टाचारमा संलग्न रहेकोमा आरोपितहरुको प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै राष्ट्रपति निकोलस मडुरोले त्यसप्रति क्रुद्ध प्रतिक्रिया दिएका हुन्। अमेरिकाले ती अधिकारीहरुको नाम भने खुलाएको छैन्। राष्ट्रपति बराक ओबामाले गत डिसेम्बरमा हस्ताक्षर गरेको विधेयकमा आधारित भई अमेरिका जान नदिईने अधिकारीहरुको सूची बढाईएको र अहिले त्यसमा उनीहरुका परिवारका सदस्यहरुको नाम थपिएको छ। अमेरिकाको पछिल्लो कदम गत वर्ष भेनेजुएलाका अधिकारीहरुमाथि लगाईएको प्रतिबन्धको विस्तार हो। पछिल्लो प्रतिबन्ध गत वर्ष भेनेजुएलामा भएको सरकारविरोधी महिनौं लामो प्रदर्शनमा भएको भनिएको दमन लक्षित छ, जसमा ४३ जना मारिएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०