चीनमा बाबु–छोरीलाई मृत्युदण्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १६:३८

काठमाडौं, माघ १९ । चीनको सान्तोङ प्रान्तको चोयुयान सहरमा एक महिलाको हत्या गरेको अभियोगमा क्रिश्चियन समुदायका बाबु–छोरीलाई मृत्युदण्ड china_final_finalदिइएको छ । चीनमा प्रतिबन्धित क्रिश्चियन समुदायका चान लितोङ र उनकी छोरी चाङ फानलाई मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

उनीहरुले चोयुयानस्थित म्याक्डोनाल्ड रेस्टुरेन्टमा ३५ वर्षीया महिला वु शाओयानलाई आफ्नो समुदायमा आउन दबाब दिनेक्रममा उनको हत्या गरेका थिए । वुले आफ्नो फोन नम्बर दिन नमानेपछि ती बाबु–छोरीले उनलाई पिटीपिटी हत्या गरेका थिए । सान्तोङ यान्थाई जनअदालतले उनीहरुलाई तीन महिनाअघि नै मृत्युदण्डको सजाय सुनाएको थियो । अदालतले सोही हत्याकान्डमा संलग्न रहेको अभियोगमा अरु ३ जनालाई ७ वर्षदेखि आजीवन काराबाससम्मको सजाय सुनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१