अफ्रिकी मुलुकमा इबोला भाइरस अझै खतरनाक हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार ११:२३

एजेन्सी,१९ माघ । पश्चिम अफ्रिकी मुलुकमा महामारीको रुप लिएको इबोला resize_imageभाइरस थप संक्रामक हुदै गएको अनुसन्धानकर्ताले बताएका छन् । इबोलाबारे अनुसन्धान गरिरहेका फ्रान्सस्थित एक इन्स्टिच्युटका बैज्ञानिकहरुले भाइरस अझै शक्तिशाली हुदै संक्रामक बनेको बताएका हुन् । सबैभन्दा पहिले इबोला संक्रमण फेला परेको गुयनामा अनुसन्धान केन्द्रीत गरेका ती वैज्ञानिकले सयौं संक्रमितको रगत परिक्षण गरेका थिए ।

उनीहरुका अनुसार भाइरस परिवर्तन हुदै एक व्यक्तिबाट अझै सजिलै अर्को व्यक्तिमा सर्न थालेको छ । भाइरस परिवर्तन हुदै जादा केही व्यक्तिमा लक्षण नै देखा नपरी संक्रमण देखा परेको बैज्ञानिक अनाभाज सकुन्तावाइले बताए । त्यस्ता व्यक्तिबाट भाईरस अझै बढी फैलने जोखिम रहेको बताइएको छ ।
इबोला भाइरसबाट गुयनासंगै, सियरा लियोन, र लाईबेरिया सबैभन्दा प्रभावित मुलुक हुन् । हालसम्म इबोलाका कारण ८ हजार ७ सय ९५ जनाको मृत्यु भइसकेको छ भने २२ हजार भन्दा बढी संक्रमित छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१