भारत र पाकिस्तानको युद्द जारी – दोहोरो गोली हानाहान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७१, आईतवार ०७:४०

भारतिय एजेन्सी,
भारत र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा  विहीवार पनि   झडप भएको छ । सो क्षेत्रमा दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो झडपमा परी कम्तीमा पनि तीन व्यक्ति घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवादास्पद काश्मीर सीमाक्षेत्र पाकिस्तान र भारतको सुरक्षा गार्डबीच भएको दोहोरो गोलीहानाहानमा एक महिलासहित तीन व्यक्ति घाइते भएका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
भारतिय मिडियाका अनुसार,  भारत अधिनस्थ श्रीनगरदेखि ३२२ किलोमिटर दक्षिणमा पर्ने जम्मु जिल्लाको आर्नीया क्षेत्रलाई लक्ष्यगरी गोली प्रहार गरिएको जनाइएको छ । गोली कुन देशको सैनिकले चलायो भन्ने बारेमा दुवैले आ आफ्नो पक्षले नगरेको भनी दाबी गरिरहेका छन् । आर्नीया क्षेत्रमा भारत र पाकिस्तानी सैनिकबीच भएको दोहोरो गोली हानाहानमा घाइते भएका तीन व्यक्ति उपचारार्थ अस्पतालमा ल्याइएको एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । ती घाइते पनि कुन देशका नागरिक हुन भन्ने बारेमा केही खुलाइएको छैन । सो क्षेत्रमा विगतदेखि नै यस्तो झडप हुदै आएको छ ।
भारत पाकिस्तान युद्द रोकिने कुनै संकेत देखिएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०