भारतमा ६६ औ गणतन्त्र दिवश यसरी मनाईयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ माघ २०७१, मंगलवार ०७:२३

भारत । सोमवार  भारतले ६६औं गणतन्त्र दिवस  भव्य रूपमा  मनाएको छ ।   विष्वकै शक्ति सम्पन्न  अमेरिकी राष्ट्रपति बराक ओबामाले  भारतिय गणतन्त्र दिवसको प्रमुख आतिथ्यता गरेका  छन् । गणतन्त्र दिवसका अबसरमा दिल्लीस्थित ऐतिहासिक राजपथमा विशेष कार्यक्रमको आयोजना गरी  ऐतिहासिक रूपमा  मनाईएको छ ।  ओामाको भारत भ्रमण  निकै उपलव्धीपुर्ण  रहेको  भारतिय संचार माध्यामहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति ओबामाको उपस्थितिमा गरिएको कार्यक्रममा भारतीय जल, स्थल र वायुसेनाले विशेष शक्ति प्रदर्शन गरी भव्य स्वागत गरेका थिए । कडा शुरक्षा व्यावस्थासंगै  विभिन्न किसिमका मनमोहक दृष्यहरूमा ओवामा निकै खुसी भएका थिए ।  कुनैपनि अमेरिकी राष्ट्रपतिले भारतीय गणतन्त्र दिवसमा सहभागिता जनाएको यो पहिलो अवसर हो । मोदीले ट्विटरमार्फत भारतिय जनताहरूलाई ६६ औ  गणतन्त्र दिवशको उपलक्ष्या शुभकामना दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०