दैनिक ६६ नेपाली महिला बैदेशिक रोजगारमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ माघ २०७१, सोमबार ०७:४१

काठमाठौं – पछल्लिा वर्षहरुमा बैदेशिक रोजगार महिलाहरुका लागि पनि आकर्षण बन्दै गएको छ । दैनिक ६६ जना महिलाहरु रोजगारीका लागि विदेशिने गरेका छन ।

10949715_823969657661557_2531358362531935551_nबैदेशिक रोजगार विभागकाअनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म (६ महिना) मा १२ हजार नेपाली महिलाहरु विदेशिएका छन । यो तथ्यांकका आधारमा औषतमा एक दिनमा ६६ जना महिलाहरु विदेशिने गरेको पाइएको हो ।

कुन महिना कति महिला विदेशिए ?

साउनमा १५ सय २५ जना, भदौमा २६ सय २६ जना, असोजमा २१ सय ३५ जना, कात्तिकमा १९ सय २४ जना, मंसिरमा १९ सय ७२ जना, पुसमा १७ सय ८३ जना महिलाहरु विदेशिएको विभागले जनाएको छ ।

कुन महिना कति पुरुष विदेशिए ?

महिलाको तुलनामा विदेशिने पुरुषहरुको संख्या अत्यधिक छ । बैदेशिक रोजगार विभागका अनुसार साउनमा ४० हजार ६ सय ८४, भदौमा ४८ हजार ९ सय ५, असोजमा ३३ हजार ४ सय १५, कात्तिकमा ४१ हृजार २ सय ८९, मंसिरमा ५१ हजार ३ सय ८२ र पुस महिनामा ४३ हजाार ५ सय ७९ जना पुरुषहरु विदेशिएका छन ।

६ महिनामा कूल २ लाख ७१ विदेशिए

पुस मसान्तसम्ममा २ लाख ७१ हजार ३ सय ३९ जना नेपालीहरु रोजगारीका लागि विदेशिएको बैदेशिक रोजगार विभागले जनाएको छ । यो तथ्यांकका आधारमा औषत दैनिक १५ सय ७४जना विदेशिने गरेका छन् ।

यो वर्षको ६ महिनामध्ये सबैभन्दा बढी मंसिर महिनामा विदेशीएका छन । मंसिर महनिामा मात्रै ५३ हजार ३ सय ५४ जना विदेशिएको विभागले जनाएको छ । त्यस्तै, असोज महिनामा सबैभन्दा कम ३५ हजार ५सय ५० जना नेपालीहरु रोजगारको शिलशिलामा देश छोडेका छन ।

त्यसैगरी, साउनमा ४२ हजार ३ सय ९ जना, भदौमा ५१ हजार ५ सय ५१ जना, कात्तिकमा ४३ हजार २ सय १३ जना र पुसमा ४५ हजार ३ सय ६२ जना नेपालीहरु रोजगारीका लागि विदेशिएका छन । नेपालमा रोजगारीको अवसर नपाएपछि बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१