एकै बस्तीका करिब ८५ बालबालिका विद्यालय जानबाट वञ्चित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार १०:०८

कञ्चनपुर, १५ वैशाख । नौखरी मुक्तकमैया बस्तीका ८५ जना बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् ।आर्थिक अवस्था कमजोर रहेका कारण अभिभावकहरुले बालबालिकालाई विद्यालय नपठाएका हुन् । दैनिक खर्च जुटाउनका लागि अभिभावकले मजदुरीका लागि जानुपर्ने हँुदा घर कुर्नका लागि बालबालिकालाई राख्ने गरेकाले बालबालिकाले विद्यालय जान नपाएको जनभावना निम्नमाध्यमिक विद्यालयका प्रध्यानाध्यापक पुष्पराज भट्टले बताउनुभयो ।

“विद्यालय नजिकैको बस्ती भए पनि अभिभावकमा बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने चेतनाको कमीका कारण बालबालिका विद्यालयसम्म पुग्न सकेका छैनन्”–उहाँले भन्नुभयो– “विद्यालय जाने उमेरका र बीचमै विद्यालय छाडेका गरी एकै बस्तीमा विद्यालय पठाउने उमेर पूरा भएका चार वर्षदेखि १६ वर्षमुनिका गरी ८५ जना विद्यालय नजाने गरेको पाएका छौँ ।”

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले थालेको सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत विद्यालय नजाने बालबालिकाको तथ्याङ्क सङ्कलनका क्रममा ती बालबालिका विद्यालय नजाने गरेको फेला परेका हुन् । चेतना कमीका कारण अधिकांश अभिभावकले ठूलो उमेरका बालबालिकालाई विद्यालय भर्नाका लागि ल्याउने गरेकाले पनि बीचमै विद्यालय छाड्ने गरेको उहाँको भनाइ छ ।

एकै बस्तीमा धेरै बालबालिका विद्यालय नजाने गरेको फेला परेपछि विद्यालयले बालबालिकालाई विद्यालयसम्मको पहुँच पु¥याउनका लागि अभिभावकसँग छलफल थालेको प्रध्यानाध्यापक भट्टले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र विद्यालयका शिक्षकहरुले अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन सचेतना छर्ने कार्यमा लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागिराम चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१