फ्रेन्डसिप धमका चार मच्चाउन मलेसियामा चर्चित गायक प्रमोद खरेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार २०:३४

pramodप्रदिप राई/ क्वालालम्पूर मलेसिया । मलेसियामा हरेक वर्ष चाइनिज न्यूइयरमा भइरहरने फ्रेन्डसिप धमका कार्यक्रममा यो पटकको फ्रेन्डसिप धमका चार मच्चाउनु चर्चित गायक प्रमोद खरेल आउँने पक्का भएको छ । पुराना श्रष्टालाई सम्मान र नयाँ पुस्तालार्ई प्रोत्साहन दिने उद्धेश्यका साथ हुने उक्त साँगितिक कार्यक्रममा नेपालका विभिन्न बिधाका ख्याती प्राप्त कलाकारहरु मध्य चर्चित गायक प्रमोद खरेल ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा …’ गीतका गायकले पोखराको मात्र हैन मलेसियामा समेत को वीना को मुस्कील हुन्छ सुन्न र भरपुर मनोरन्जन दिने भएका छन् । त्यसै गरी ‘उसले जति माया तिमलाई मैले पनि दिन्थे होला… ….’ अव मलेसियामा रहेको समस्त नेपालीलाई को कस्लाई कति माया गर्नुहुन्छ त्यो सुन्न र हेर्न बाकीनै रहेको छ । त्यति मात्र हैन प्रत्यक्ष भेट भएर ‘तिमी संग नजर जुधाई ….’ को सँग नजार जुधाउँनुहुन्छ ? नजर जुधाउनु समेत मलेसिया आउने भएका छन् । फरवरी १९ बाट २२ गते २०१५ (फाल्गुन ७—११) सम्म हुने उक्त बिशाल साँगीतीक कार्यक्रममा गायक खरेल मलेसिया आउने कार्यक्रम सँयोजक कृष्ण पुलामीले जानकारी दिनुभएकोछ । राजधानी क्वालालम्पुर बाहेक नेपालीहरुको बाहुल्यता रहेको मुख्य–मुख्य शहरमा कार्यक्रम सञ्चालन गरिने आयोजक तथा धमाका सँयोजक पुलामीले बताउनु भयो । सँयोजका अनुसार फरवरी १९ जोहरबारुको पासिगुराङ् २० तारिक पेनाङ् साथै क्रमश २१ तारिक मुहार र २२ तारिक बातुपाहातमा कार्यक्रम हुने आयेजकले बताएको छ । यो चौथोपटक भब्यरुपमा मलेसियामा हुन गइरहेको कार्यक्रमका लागी प्रवासी शन्देस साप्ताहिक पत्रिका र साझा सवाल अनलाईन खबर मिडिया पार्टनर रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१