चम्पाका हजार पाइला उपन्यासको विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ माघ २०७१, आईतवार ०५:४७
tripathiकाठमाडौँ  | उपन्यासकार सावी पाठकको “चम्पाका हजार पाइला” उपन्यासको विमोचन भएको छ | सो उपन्यासको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले गर्दै नारी विभेद र वैदेशिक रोजगारीको   पीडालाई उपन्यासमा सुन्दर ढङ्गले उतारेको बताउनु भयो |
कृतिबारे साहित्यकारहरु डा. नारायण चालिसे, युवराज नयाघरे, अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष साहित्यकार राधेश्याम लेकाली, पत्रकार देवप्रकाश त्रिपाठीलगायतले बोल्नु भएको थियो | यसैगरी कार्यक्रममा पूर्व मन्त्री गंगालाल तुलाधर,  र स्वेता सिन्हाले पनि बोल्नु भएको थियो |
कृतिकार सावी पाठकले उपन्यास मार्फत नेपाली समाज, नारी समस्या र परिवर्तनका निम्ति कलम चलाएको बताउनु भयो | नारीका लागि नारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा ठुलो संस्थामा  साहित्यकारहरुको सहभागिता रहेको थियो |

 

चम्पाका हजार पाइला उपन्यासको विमोचन
चम्पाका हजार पाइला उपन्यासको विमोचन

 

चम्पाका हजार पाइला उपन्यासको विमोचन

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१