नेपालका लेकाली, भारतका देवान कोलकातामा सम्मानित, रुपनारायण पुरस्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार २१:२९

kalkata कोलकाता  | लैनसिंह बांग्देल साहित्य कला प्रतिष्ठानले कोलकाताको अलिपुर आर.बी. सन्याल स्मृतिसदनको सभाकक्ष्मा आयोजनागरेको ९० औं लैनसिंह बांग्देल स्मृति जयन्ती एबम पुरस्कार वितरण समारोहमा नेपाल र भारतका साहित्यकारहरु क्रमश: राधेश्याम लेकाली र बुद्धदेव देवान ‘लैनसिंह बांग्देल साहित्य सम्मान” बाट सम्मानित हुनुभयो | उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मन्त्रीपरिसद अध्यक्ष सम्माननीय खिलराज रेग्मीले सम्मान गर्नु भएको हो |
kalkata1
सोही अवसरमा लैनसिंह बांग्देल स्मृति पुरस्कारबाट वरिष्ठ साहित्यकार रुपनारायण प्रधानलाई सम्मानित गरिएको थियो | प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानको अद्ध्यक्ष्तामा आयोजित सो समारोहमा साहित्यकार राधेश्याम लेकालीको गीति एल्बम “आगत” , कवि कृष्ण प्रसाईको कविता संग्रह “धुप की वारिस” र कवि गोपीकृष्ण ढुंगानाको गजल संग्रह कोसमेत लोकार्पण गरिएको थियो |

समारोहका प्रमुख अतिथि सम्माननीय खिलराज रेग्मी, कोलकाता हिन्दी विश्वबिद्यालय हिन्दी विभाग, भारतका प्रमुख डा. सत्य प्रकाश तिवारी र साहित्यकार धर्मराज बरालl, पत्रकार/कवि गोपीकृष्ण ढुंगानाले विमोचित गीति एल्बम र पुस्तकबारे मन्तब्य राख्नु भएको थियो | यसैगरी साहित्यकार संजीव राईले पुरस्कृत स्रष्टाबारे मन्तब्य राख्नु भएको थियो |

कार्यक्रममा नेपालका तर्फबाट कोलकातामा रहनुभएका वाणिज्यदुत चन्द्र घिमिरे, साहित्यकारहरु राधेश्याम लेकाली, बुद्धदेव देवान, विकास कार्कीलगायतले बोल्नु भएको थियो | कार्यक्रममा बहुभाषिक कविताहरु वाचन गरिएका थिए |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१