साहित्यकर तथा गजलकार हरी “जलम” सँगको साहित्य भलाकुसारी,

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७१, शनिबार ०७:०३

harijalanजहाँ पुग्दैन रबि त्यहाँ पुग्छ कवि भनेजस्तै,साहित्य त्यो भवसागर हो जहाँ लाखौ मानिसहरु डुब्ने गर्छन । हामी भन्छौ “म तिमीलाई धेरै माया गर्छु ।” धैरै त धेरै कती धेरै त देखाउन नमिल्ने त्यही माया हामी साहित्यको सहारा लिएर अनुभव गर्छौ ।
बिज्ञानले गर्न नसकेका कतीपय दुःख,सुखहरु हामी सजिलै साहित्यको सहायताले महशुष गछौ । सारा कुरा यथार्थमा परिणत गर्ने बिज्ञानले त्यही माया जोख्न देखाउन सकिने साधन बनाउन नसक्दा साहित्य एउटा बरदान भएको छ ।
कोही बाध्यताले,कोही रहरले,कोही पेशेवर रुपमा साहित्य सागरमा चुर्लुम्म डुब्छन । रुँदा हाँस्दा हामीलाई यहि साहित्यले मिठो साथ दिईरहेको हुन्छ । कोही यही साहित्यलाई आफ्नो सुख दु ःख साट्ने चौतरी सम्झन्छन । पछिल्लो समयमा साहित्यले झनै फराकिलो भएर आएको आभाष सजिलै लगाउन सकिन्छ । साहित्यका बिधा अन्र्तगत पर्ने सजिलो र सरल गजलले अहिलेका युवा युवतीलाई झनै अँगालेको छ ।
सामाजिक सञ्जाल फेसबुक,अनलाईन पत्रपत्रिका हरेकमा किशोर,किशोरीहरु सुखका,दःखका बेदनाहरु गजल बनाएर पोख्छन । त्यही साहित्य गजलबिधामा रहेर केही रुपमा साहित्य सिर्जनालाई सयौले टेवा पु¥याई रहेको पाईन्छ । त्यसैले भन्नेले भनेको होलान साहित्य क्षेत्रमा लाग्नेहरु न त थाकेका छन न थाक्ने नै छन । यसैको भिडमा रहेर साहित्य गजलप्रती अभिरुची राखी आज भन्दा ३ बर्ष अगाडी बाट साहित्यमा कलम चलाई रहनु भएका जाजरकोट जिल्ला झाप्रा गाविस वडा न, ६ खलटाकुरामा पिता पुर्ण बहादुर बस्नेत माता धनिदेवि बस्नेतका कोख बाट २०५० साल असार आठ गते जन्मनु भएका साहित्यकार तथा गजलकार हरि बहादुर बस्नेत “जलन” सँगको आज हाम्रो झम्का भेटमा केही साहित्य भलाकुसारी म प्रदिप राईको साथमा ।

१, जलन जि, स्वागत छ तपाईलाई आजको भलाकुसारिमा ?
:- हार्दिक धन्यवाद हजुरलाई मलाई यस भलाकुसारिमा स्थान दिनुभएकोमा।

२, जलन जि, तपाईको परिचय के हो? तपाईकै भनाईमा दिनुस न ?
:- मेरो परिचय भन्नुपर्दा मेरो जन्म झाप्रा – ६ खलटाकुरा, जाजरकोट माता धनिदेवि बस्नेत र पिता पुर्ण बहादुर बस्नेतको कोखबाट 2050-3-8 गते यस धर्तिमा पाईला टेकेको हुँ।

३, जलन जि, गजल लेख्नु हुन्छ सुख दुःख साट्नु हुन्छ कसरी लाग्नु भो यो गजल लेखनमा । केही रहस्य अथवा कसैको प्रेराणा ?
:- खास भन्नुपर्दा गजल लेखनमा मैले एउटा रहर नै भनु न सानै उमेर देखि स्कुल पढ्दा पनि गजल हरु पढ्ने गर्थे । छरछिमेकमा दाईहरु हुनु हुन्थ्यो उहाँहरु सँग कुनै कार्यक्रममा जान्थे सनिन्थ्यो तर लेख्न चै लेख्दैनथे। बस्तारै कलेज पढ्न थालियो कलेज पढ्दा कलेजमा पनि थृप्रै खुल्ला गजल प्रतियोगिता हरु हुन थाले त्यहा थुप्रै अाफु जस्तै साहित्यलाई माया गर्ने अझै भनुँ गजल पारखि साथीहरु सँग राम्रो सम्बन्ध भयो बिस्तारै गजल लख्न थालियो ।कुनै पनि काम गर्दा कसैको प्रेरणा तअावश्यक हुन्छ नै त्यसैले मलाई प्रेरणा दिने मेरा साथीहरु हुनु हुन्छ थुप्रै उहाँहरु सबैको नाम लिन नसके पनि सम्झिरहेको छु।

४, जलन जि, सबैले आ,आफ्नै शैलीमा गजलको परिभाषा दिईरहँदा तपाईको बिचारमा गजल के हो ?
:- वास्तवमा गजललाई एकै तरिकाले परिभाषित गर्दा नै उत्तम होला र हुन्छ पनि जहाँ सम्म लाग्छ मलाई.गजल यौटा गेय बिधा हो गजल भनेकै संगित हो गजललाई हामिले गुन्गुनाउन सक्छौ, तर पछिल्लो अवस्थामा अाएर गजलिय माहोल बुझ्दा कसैले पनि गजल के हो गजलको वास्तविक परिभाषा के हो भनेर खुलेर गजललाई परिभाषित गर्न नसकिरहेको अवस्था जो हामि सबैको अगाडी छ ।

५, जलन जि, पछिल्लो अवस्थामा गजल तथा सबै साहित्य सृजनाहरु अलीकती अर्को सृजनालाई काँटछाँट भनौ न माद गरेर हुबहु पाईन्छन नि ? यसले स्रष्टा मारमा पर्दैन र ?
:- निकै सान्दरभिक कुरा उठाउनु भयो यहा निर. हो अहिलेको गजलिय महोल हेर्दा एउटा सर्जकको गजल अर्को जना ले काँटछाँट गरेर अाफ्नो नाम सहित प्रकासित प्रसारित गरिरहेका छन वास्तवमा यो राम्रो हैन ।कसैको रचनाबाट प्रभावित हुनु राम्रो कुरा हो अरुका रचना मन पर्छन राम्रो कुरा हो तर मन पर्यो भने सर्जकको नाम हटाएर अाफ्नो नाममा राखिने यो प्रवृतिले गर्दा धेरै असर गर्छ.अाफुले जन्माएको सन्तानलाई अरुले मेरो.सन्तान भन्यो भने ति जन्मदाताको मन कति दुख्छ होला? यो प्रवृति विषेश त फेसबुक तिर भईरहेको छ जसले गर्दा सर्जक लाई असर.पर्छ पक्कै पनि।

६, गजल लेखनमा लाग्नु भएको छ । खाशमा गजल कसरी लेखिन्छ के यसको कुनै गणितिय झै सुत्र हुन्छ ?
:- मैले अघि पनि भने गजल लेख्दा हामिले नियम पालना गर्नेपर्छ गजल यौटा गेय बिधा हो जसलाई हामि गुन्गुनाउन सक्छौ संगित भरेर र पछिल्लो अवस्थामा नेपाली गजलमा अलिकति बिवाद त छ न‌ै यहि कुरामा गजल कसरी लख्ने? कसैले भन्नुहुन्छ गजल बहरमा लेख्नुपर्छ छन्दमा लेखिनुपर्छ भनेर कसैले भन्नुहुन्छ हैन गजल बहरमा नै हुनैपर्छ भन्ने छैन लयमा लेख्नुस ताकि गजल लाई संगितमा ढाल्न सकियोस भनेर । म के भन्न चाहान्छु भने गजल बहरमै लेखिनु पर्छ भन्ने पनि छैन र बहरबिनाका गजल गजल नै हैनन यो पनि भन्दिन सक्नेले बहरमा लेख्नुस नसक्नेले लयमा लेख्नुस।

७ ,साहित्यलाई विभिन्न बिधाले साथ दिईरहँदा गजल बिधालाई अझै शसक्त बनाउन कसले कस्तो निर्बाह गर्नुपर्ला ?
:- नेपाली साहित्यमा धेरै बिधाहारु छन जसले हरेक पक्षबाट अा अाफ्नै स्थान अोगटेको पाईन्छ यसैमा पनि यो गजल बिधालाई धेरै मन पराउनुको कारण यो बिधा सजिलो छोटो बिधा पनि हो यसलाई गाउन सकिन्छ सिक्दा पनि त्यति समय नलाग्ने जति सिक्दै गयो जति पुर्णता हुदै गयो उति अान्नद अाउने जोस जाँगर बढ्ने हुदा गजल बिधामा पछिल्लो.समयमा धेरैको कलम चलेको पाईएको छ. गजललाई शशक्त र अझै मजबुत बनाउन सकिन्छ किन कि हामिले गजल लेख्दा सबै पक्षलाई समेटेर लेख्छौ जस्तो सुरुवातमा मोतिराम भट्टले नेपाली गजल भित्र्याउदा श्रृङगारको रुपमा नेपाली गजलहरु कोरिनथ्यो बिस्तारै गजल फस्टाउदै गयो सामाजमा भईरहेका बिकृति बिसँगति,अन्याय अत्यारचार,हिंसा,जस्ता पक्षलाई गजलमा उतार्न सकियो तब बाट नेपाली गजल ईतिहास श्रृङगारमा मात्र सिमित रहेन बिभिन्न पक्षबाट अहिले गजललाई अगाडी बढाईरहेका छौ गजल ले देश बोल्छ जनता बोल्छ यसैले पछिल्लो अवस्थामम साहित्य बिधामा गजल लाई बढि प्रथमिकता दिईएको छ।
८, तपाईको लक्ष्य नै गजल लेखन हो अथवा रहर ? किन लेख्नु हुन्छ गजल ?
:- पहिलो कुरा त रहर नभईकन कसैले पनि कुनै कामको थालनि गर्दैन त्यसैले म पनि गजल लेख्ने गर्छु गजलमा धेरै कुराहरु अटाउन सकिन्छ ।मैले जिन्दगीमा गजल नै लेखिरहन्छु भन्न सक्दिन किन कि भविष्य त कसैले पनि देखेको हुदैन म अहिले जुन अवस्थामा छु यो घडिमा मैले गजल लेखिरहेको छु र लेख्दै जाने छु कलम दौडाईरहने छु यात्रा रोकिने छैन म चाहान्छु मैले लेखेका गजल ले सामाजमा भैरहेका बिकृति बिसंगतिको कालो पर्दा उघारियोस शब्दरुपि छालहरुले सामाजले नयँ काँचुलि फर्न सकोस।हुन त कतिपयको यस्ता बिचार पनस नसुनिएको हैन गजल लेखेर नै ईतिहास पल्टाउन सकिने भए त के के हुन्थ्यो तर म यसमा असहमत छु किन कि म अाफैलाई मेरो कलम प्रति विश्वास छ दृढता छ एकदिन अवश्य यि गजलहरुले न्याय पाउने छन यि शब्दहरुले कलमि धारले केहि परिवर्तन गर्ने छ भन्ने विश्वस्त छु।

९ , आगामी दिनका तपाईका साहित्यक योजनाहरु के के हुनेछन । कस्तो रुपमा पाउनु हुन्छ तपाईलाई साहित्यक पाठकहरुले ?
:- अागामि दिनमा मैले साहित्यलाई त्यस्तो लक्षित नै गरिराखेको छैन हेरौ समयले कतातिर दौडाउँछ त्यतै दौडिनुपर्ने हुन्छ ।तर एक साहित्य पराखि को हैसियले यति सम्म ढुक्क छु कि जब सम्म यि अौला चलिरहन्छन तव सम्म साहित्य म भित्र जिवित रहने छ ।मैले केहि संयुक्त गजल सँग्रहहरुमा अाफ्ना गजलहरु.प्रकाशित गरिरसकेको छु तर अाफ्नै व्यक्तिगत संग्रह भने निकालेको छैन गजलहरु त छन तर.सहि.ढंगले उपयोग गर्ने वातावरण.मिलेको छैन ।अहिले जति गजलहरु लेख्ने गर्छु यहि फेसबुको भित्तातिरै.सुरक्षित गरेर.राखेको छु,सोचिरहेछु अब यि गजलहरु लाई न्याय दिनैपर्छ कुनै.बेला पुस्तको.रुपमा अाउनेछन पाठकहरु समक्ष यौटा गजल संग्रह लिएर अाउने बिचारमा छु तर अलि समय चै लाग्न सक्छ।

१०, अन्तमा यस साहित्यक क्षेत्रमा लागीरहेका र लाग्ने चाहाना बनाईरहनु भएका साहित्य अनुरागीहरुलाई कस्तो सुझाव दिनु हुन्छ ?
:- अन्तमा म सबै साहित्य प्रेमि सबैलाई के भन्न चाहान्छु भने साहित्य सिर्जना गर्नु.राम्रो कुरा हो तपाईहरु यसरी चलाउनुस कलम जसले यो सिङ्गो देशको भारी उठाउन सकोस केहि परिवर्तन सकोस ।कतिपयले साहित्य परिवर्तनका लागि मात्र नभएर मनोरन्जनात्मक रुपमा लिनुहुन्छ यो पनि राम्रो कुुरा हो साहित्य यौटा यस्तो बिधा हो जसले मनका लाखौ पिडाहरु शब्दमा बगाईदिन्छ लाखौ खुशीहरु शब्दमै भित्र्याउछ त्यसैले जुनसकै पक्षलाई अँगालेर कलम चलाए पनि साहित्यलाई माया गरिराख्नुस कलम चलाउन नछोड्नुस जुन लक्ष्यले तपाईले कलमको साहारा लिईरहनु भएको छ त्यो लक्ष्यमा पुगेर छोड्नुस मेरो तर्फबाट शुभकामाना भन्न चाहान्छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१