कसरी बनाउँदै छ विश्व साहित्यमा नेपाली सहित्यले आफ्नो स्थान ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार १३:४४

 

downloadनेपाली साहित्य विश्व साहित्य सम्म पुग्नै सकेन भनेर स्रष्टा सर्जकहरुले गुनासो गरिरहेकै बेला अब नेपाली सहित्यलाई विश्व समुदायसम्म पुर्याउने हेतुले नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ ।  लक्ष्मण न्यौपानेको अध्यक्षतामा म्यान्माको राजधानी राजधानी याङ्गुनमा भएको साहित्यिक भेलाले  उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा (मोगोक), सहसचिवमा रदीप खराल (मोगोक), कोषाध्यक्षमा देवेन्द्र रिजाल (माण्डले), निरीक्षकमा मोती गुरागाईँ (याङ्गुन), र होमनाथ ढकाल (मिचिना) लाई  चुनेको छ ।

शाखा समितिका संरक्षक मण्डलमा म्यान्माका लागि नेपाली राजदुत पारस घिमिरे, श्रीमती प्रवीणा घिमिरे, ठाकुरप्रसाद गुरागाईँ, महानन्द भट्टराई र टेकनारायण रिमाल रहनुभएको छ ।

पुस्तौँदेखि नेपाली पहिचान बोकेका लाखौँ म्यान्मालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोगाउँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१