एउटा कलमी आवाज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०६:२५
एउटा कलमी आवाजबाट विष्फोट गराउने र समाजलाई असल मार्गनिर्देन तर्फ डो¥याउने पाटो हो । आज यहि साहित्य जगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी, तिनीहरुको आ—आफ्नै बिशेषता र गुण आफुँभित्र लुकेर रहेको छ । सहित्यको विद्यामा कलम चालेर लाखौ लेखकहरुले आवाज बुलन्द गरेर समयको माग सँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ तर राज्यले यस्को वास्ता नगर्नु ठूलो चुनौती को विषय रहेको छ । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु लाखौ साहित्यनुरागीहरु छन् । फरक यती हो कोही सफल भएका छन् त कोही असफल । यो शताब्दीको पछिल्लो समयमा युवा, युवतीदेखी व्यसक सम्मलाई साहित्यले छोएको राम्ररी देख्न र सुन्न पाईन्छ । त्यसमा पनी साहित्य जगतमा गजल बिधाले दुई खुट्टे भनाउँदा मानिसहरुलाई त के पृथ्वीग्रहका अणु–अणुलार्ई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर गजल बिधामा बिगत ५ बर्ष अगाडीबाट कलम चलाईरहनु भएका खोटाङ जिल्ला महादेवस्थान गा बि स वडा न, ६ हेलेसीमा पिता दान बहादुर राई र माता सम्झना राईको कोखबाट २0४६ साल पुष २ गते जन्मनु भएका साहित्यकार, साथै गजलकार बिमला राई सँगको आजको झम्का भेटमा केही गजल भलाकुसारिहरु म प्रदिप राई को साथमा ।
1, तपाइलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ ।
:- धन्यवाद दादा मलाई मायाँ गरेर यो ठाउँ यो स्थान र तपाईहरुको अमुल्य समय दिएर यहाँ संम्म पुर्याउनु भएकोमा कृतज्ञ पनि छु साथै नेपाल पृष्ठभुमी साप्ताहिक परिवारमा पनि धेरै धेरै धन्यवाद दिन चाहनन्छु।

2, तपाईको बिचारमा साहित्य के हो ?
:- दादा बास्तबमै साहित्य लाई अझै पनि किटान गरेर भन्न सक्ने अवस्था छैन । किनकी साहित्यलाई अग्रज साहित्यकार र गजलकार हरुले आ-आफ्नै भाषामा परिभाषीत गरिएको पाईन्छ।
तर मलाई लाग्छ साहित्य भनेको समाज परिबर्तन गर्ने ऐना भन्दा फरक नपर्लाकी.. किनकी साहित्यकारले समाजबाट जे अनुभव गर्छ उस्ले समाजबाट जानेका,सिकेका, भोगेका र भोग्दै आएका कुराहरुलाई क्रमीक रुपमा लिपिबद्द ढंगले लेखनको माध्यमबाट उत्तार्ने गरेको पाईन्छ।र म पनि समाजमै घट्न जाने घटनाहरु लाई नै बिषयबस्तु बनाएर साहित्यमा उत्तार्ने हुनाले पनि साहित्य भन्नाले समाज परिवर्तनको ऐना हो भन्न रुचाउँछु।

3, सिङगो साहित्यकार हुनुमा र गजलकार हुनुमा कस्तो फरक पाउनुभएको छ ?
;- दादा हुन त म अझै पनि गजलकारको रुपमा आफुलाई स्थापित गर्न सक्दिन। किनकी पहिले पहिले जस्तो साहित्य सिर्जनामा हात हाल्ने अधिकंश सर्जक लाई गजलकारमा स्थापित हुन सजिलो थियो होला गजलकारमा आउन लाई तर आज्कल निकै गार्हो छ।हिजो आज साहित्यकार हरुको दिर्घकालिन साधना र धोर्यताको पनि परीक्षा लिईन्छ।गजल विधामा त झनै ठूलो प्रतिष्पर्धा छ।धेरै चुनौतीहरु पनि छन् दर्जनौ फुटकर रचनाहरु पत्र पत्रिकामा छापिने साहित्यकार एबम गजलकारहरु पनि असंख्यमात्रामा छन् उहाँहरुको साहित्य सिर्जना हेरेर विश्लेषण गरेर भन्नू पर्दा म अझै पनि उहाँहरुको स्थानमा पुग्न सकिरहेको छैन मैले पनि उहाँहरुबाट अझै सिक्नुपर्ने धेरै कुराहरु छन् तसर्थ गजलकारको दर्जामा पुगेको छुईन तर एउटा सानो साहित्यकार चाहिँ पक्कै हुँ।

4, साच्चीनै समाज परिबर्तन गर्छ साहित्यले यसमा तपाईंको सोच ?
:- दादा हजुर निकै गहन प्रश्न राख्नु भयो ..
मलाई लाग्छ समाजमा पनि सरकारी तथा गैंर सरकारी संस्था तथा नेपालको रानीतीक अबस्थाले पनि नेपाली साहित्यको खुट्टा तान्ने वा तर्साउने धम्काउने खालका प्रवृती गरीरहेको भेटिन्छ तेस्ता संघ संस्था हरु सिर्जनामा त्यति लाग्दैनन् यदि लाग्छन् भने पनि त्यसलाई अपवाद मान्नु पर्दछ। किनभने साहित्यले मान्छेको जीवन स्तरमा तुरुन्तै परिवर्तन ल्याउदैन र यसले यो क्षेत्रमा फरक पार्न सफल भयो भने पनि देखाउन सक्दैन यस्को मतलव के साहित्यले समाज परिवर्तन गर्दैन भन्ने होईन गर्छ यदी नगर्ने हो भने साहित्यको कुनै महत्व कुनै अर्थ नै हुँदैन तेसैले मलाई लाग्छ साहित्यले अबश्य पनि समाजमा परिवर्तन गर्छ र गरिनै रहने छ।

५, अब तपाईको बिगततिर जाऔ, तपाई साहित्यक क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा या तपाईको रहर हो ?
-: सर्बप्रथम त साहित्यमा सबै कुरा बिषय समेत्नु सक्नू पर्दछ जुन जीवनबादी होस समज परिवर्तन गर्न सकिन्छ । साहित्यमा म लाग्नुको पछाडी यो मेरो रहर संगै जुन एउटा समाजिक माहोल पनि हो साथमा आदर्णीय दिज्यू बिमला खिम्दुग जो मेरो प्ररणादायी गुरुआमा हुनु हुन्छ।

6, तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन ? गजल के हो ? कसरी फुटछ गजल ?
:- हुन त दादा म प्राय पहिले देखीनै छन्दमा रचिएका पद्य रचनाहरु पाए संम्म पढ्न रुचाउँने मान्छे हुँ र खोजि खोजी पढ्थे पनि लेखनाथ पैड्याल,सोमनाथ सिग्देल,लक्ष्मि प्रसाद देबकोटा,माधव घिमीरे,भरतराज पन्त,रामचन्द्र भट्टराई देखि लिएर समकालीन पुस्ताहरु प्रलाहद पोख्रेल,राम प्रसाद ज्ञवाली,भुवनहरी सिग्देल,प्रकाश आङ्देम्बे देखि लिएर कृष्ण धरावासी संम्मका साहित्य सिर्जना अध्ययन गर्ने मैका पाए उहाँ हरुका सिर्जना बाट पनि केही ज्ञान,गुण सिक्ने मैका पाए यस्तै हुँदा हुँदै यहाँ संम्म आउँदा मैले साहित्यकारमा अझै ज्यादा सिक्ने मैका गुरु :-प्रकाश आङ्देम्बे र गरु:- कृष्ण धराबासीका सिर्जना हरुबाट पाए उहाँहरुलाई नै मान्छु।
गजल पनि साहित्यको एक बिधा हो जसलाई फुलाउन गजल बिधा अध्यान गरे नै उचित होला

7, बाँच्नको लागी आर्थिक श्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन्, उनीहरुको साहित्यकमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
:- हुन त दादा बाँच्नको निम्ति आर्थिक श्रोत त अबस्य चाहिन्छ नै तर आजकल शृगारिक भावधारामा मात्र नअल्मलिएर समाजका बिबिध पक्षलाई छोएर लेखिने लेखहरु गतिशिल र लोक प्रिय हुँदै आएको आधुनिक नेपाली गजलले नेपाली साहित्यिक फाँटमा अब आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ तथापि अपेक्षित गुण र स्तरका गजल लेख्ने स्मरण योग्य गजलकारहरु आशातित संख्यामा नदेखिएकाले स्थिती संन्तोकजनक पनि भएको छैन ।तै पनि उत्साहजनक रुपले गजलको स्तरोन्नती हुँदै आएकोले ढुक्क चाहिँ हुन सकिन्छ।

8, कतीले हु—बहु अरुको गजलहरु सारेर गजल लेख्ने प्रसारण प्रकाशन गर्ने यसरी आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसमा ध्यान कसको जानुपर्छ नि ?
:- हुन त दादा चोर्ने गाईलाई महला नै लाए पनि चोरिनै हाल्छ तर पनि मलाई लाग्छ यस्मा सर्बप्रथम त साहित्यकार आफै सजक रहनु नै उचित हुन्छ सर्जक सजक बने भनेर संघ संस्था चुपलागेर बस्ने भनेको हैन संघ संस्था तथा सरोकार वालाहरुले पनि ध्यानआर्कषण गरिदिए र यदी त्यस्तो भएको खण्डमा दोशीलाई सजाय दिलाउन सकें सर्जक लाई अपमान हुने थिएन की।
अझ भन्नू पर्दा साहित्यलाई संम्मान गरौ ष्ट्रालाई मायाँ गरौ यसैमा सबैको भलाई होला।
9, तपाई एकजना गजल बिधामा रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ । तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साथीहरुलाई के भन्नू हुन्छ?
:- साहित्य जिन्दगीको एउटा पाटो हो।यदि तपाईहरु पनि साहित्यमा रमाउन चाहानुहुन्छ भने आउनुहोस तपाईं हामी सबै मिली नेपाली साहित्यको उत्थान गरौ यस्लाई जोगाउँ साहित्यलाई जोगाउनु हाम्रो कर्तब्य हो।नेपाली साहित्य निकै लोकप्रिय बन्दै गएको छ।सदैब साहित्यलाई सम्मान गरौ,मायाँ गरौ, गोगाई राखौ यदि भन्न चाहान्छु।

10, ईलाई गजलमा के हुनुपर्छ ? के को अभाव छ ? गजलमा कलम चलाईरहनु भएको अबको ५ बर्षपछि हामी कस्तो अवस्था र साहित्यको क्षेत्रमा पाउन सकिएला ?
:- निकै गहन प्रश्नको उठान गर्नुभयो दादा नेपाली गजलमा बिधामा धेरै कुराहरुको आबस्यक पर्छ जस्तै:-काफिया, रदिफ,मिसरा-एउल्ला,मिसरा-एसानी,रदिफ,शेर, मक्ता ईत्यादि पर्छन् जसमध्धे गजलको मुख्य मुटुनै काफिया मानिन्छ र गजलमा काफिया हुन अति आबश्यक हुन्छ।
बिगत सात,आठ साल अगाडि देखि साहित्यमा कलम चलाउँदै आएता पनि पछीको कुरामा कस्तो हुन्छु के हुन्छु भनेर मैले भन्दा पनि तपाईहरु आफैले अवलोकन गर्ने कुरामा भर पर्ने कुरा हो हालसाल केही थोरै मात्रामा कलम चलाउँदैछु त्यसमा पनि कही कतै केही अपुग होलान् पछी गएर यस्मा पनि केही सुधार भएर आउलान् अहिलेका भन्दा पनि पछाडिका साहित्य सिर्जना हरु केही तिर्खारिएलान् लेखेका केही रचनामा सुधार आउनेछन् होला त्यो तपाईहरु आफैले अवलोकन गर्ने कुरा हो दादा

११, अन्त्यमा साहित्य क्षेत्रमा कलम चलाई रहनु भएका साहित्यकार मित्रहरुलाई केही सल्लाहा सुझाब दिनु पर्दा ?
:- संम्पुर्ण साहित्यिक क्षेत्रमा लागेर कलम चलाई रहनु भएका साहित्नुरागी मित्रहरुलाई भन्नू पर्दा नेपालले गजल बिधामा नेपाली काव्य बिधामा एक अपरिहार्य उपस्थिती जनाईसकेको छ ।युवा पुस्तामा सबैभन्दा लोकप्रिय बिधानै अब गजल बनेको छ ।हिजो आज त बाचन क्षेत्र देखि लिएर गायनको क्षेत्र संम्म आईपुगेको गजल अती अगाडि आईसकेको छ २०३६ साल मोतीराम भट्टले देखी भित्रिएको गजलले आधुक यात्रा थालेको तीन दशकमै झाङ्गिदै गएको वृक्ष झै बर्तमान समायमा चौतारी ढाक्ने वृक्ष भैईसकेको छ।यस्लाई अझै फैलाउ फुलाउँ जोगाउँ साथै हामीहरु सबैले साहित्य बारे जे जती जानेकाछौ सोही ज्ञान भाबि आउने हाम्रा पिडीहरुला दिउँ
नेपाली गजल बिधा केबल आफुमा मात्र सिमीत नहोस हामी आफुमात्रै संम्बन्धित क्षेत्रमा अगाडी बढ्छौँ र अरुले चाहिँ प्रगती नगरोस् भन्ने काम गर्छौ भने त्यो प्रत्युत्पादक हुनेछ र त्यस्तो नहोस् यदी त्यसो भयो भने साहित्यलाई कहिले पनि अगाडि बढाउन सकिँदैन।त्यसैले तपाईं हामी सबै मिली साहित्यलाई अगाडी यो अधिकार तपाई हामी सबैमा हो।तपाईं हाम्रो हातमा छ नेपाली साहित्यलाई अगाडि बढाउने जिम्मा.. धन्यवाद
अन्त्यमा दादा हजुरलाई पनि धन्यबाद तपाईको अमुल्य समय दिनु भयो

10, ईलाई गजलमा के हुनुपर्छ ? के को अभाव छ ? गजलमा कलम चलाईरहनु भएको अबको ५ बर्षपछि हामी कस्तो अवस्था र साहित्यको क्षेत्रमा पाउन सकिएला ?
:- निकै गहन प्रश्नको उठान गर्नुभयो दादा नेपाली गजलमा बिधामा धेरै कुराहरुको आबस्यक पर्छ जस्तै:-काफिया, रदिफ,मिसरा-एउल्ला,मिसरा-एसानी,रदिफ,शेर, मक्ता ईत्यादि पर्छन् जसमध्धे गजलको मुख्य मुटुनै काफिया मानिन्छ र गजलमा काफिया हुन अति आबश्यक हुन्छ।
बिगत सात,आठ साल अगाडि देखि साहित्यमा कलम चलाउँदै आएता पनि पछीको कुरामा कस्तो हुन्छु के हुन्छु भनेर मैले भन्दा पनि तपाईहरु आफैले अवलोकन गर्ने कुरामा भर पर्ने कुरा हो हालसाल केही थोरै मात्रामा कलम चलाउँदैछु त्यसमा पनि कही कतै केही अपुग होलान् पछी गएर यस्मा पनि केही सुधार भएर आउलान् अहिलेका भन्दा पनि पछाडिका साहित्य सिर्जना हरु केही तिर्खारिएलान् लेखेका केही रचनामा सुधार आउनेछन् होला त्यो तपाईहरु आफैले अवलोकन गर्ने कुरा हो दादा

११, अन्त्यमा प्रवाशमा रहेर पनि साहित्य क्षेत्रमा कलम चलाई रहनु भएका साहित्यकार मित्रहरुलाई केही सल्लाहा सुझाब दिनु पर्दा ?
:- संम्पुर्ण साहित्यिक क्षेत्रमा लागेर कलम चलाई रहनु भएका साहित्नुरागी मित्रहरुलाई भन्नू पर्दा नेपालले गजल बिधामा नेपाली काव्य बिधामा एक अपरिहार्य उपस्थिती जनाईसकेको छ ।युवा पुस्तामा सबैभन्दा लोकप्रिय बिधानै अब गजल बनेको छ ।हिजो आज त बाचन क्षेत्र देखि लिएर गायनको क्षेत्र संम्म आईपुगेको गजल अती अगाडि आईसकेको छ २०३६ साल मोतीराम भट्टले देखी भित्रिएको गजलले आधुक यात्रा थालेको तीन दशकमै झाङ्गिदै गएको वृक्ष झै बर्तमान समायमा चौतारी ढाक्ने वृक्ष भैईसकेको छ।यस्लाई अझै फैलाउ फुलाउँ जोगाउँ साथै हामीहरु सबैले साहित्य बारे जे जती जानेकाछौ सोही ज्ञान भाबि आउने हाम्रा पिडीहरुला दिउँ
नेपाली गजल बिधा केबल आफुमा मात्र सिमीत नहोस हामी आफुमात्रै संम्बन्धित क्षेत्रमा अगाडी बढ्छौँ र अरुले चाहिँ प्रगती नगरोस् भन्ने काम गर्छौ भने त्यो प्रत्युत्पादक हुनेछ र त्यस्तो नहोस् यदी त्यसो भयो भने साहित्यलाई कहिले पनि अगाडि बढाउन सकिँदैन।त्यसैले तपाईं हामी सबै मिली साहित्यलाई अगाडी बढाँउ यो अधिकार तपाई हामी सबैमा हो।तपाईं हाम्रो हातमा छ नेपाली साहित्यलाई अगाडि बढाउने जिम्मा.. धन्यवाद
अन्त्यमा दादा हजुरलाई पनि धन्यबाद तपाईको अमुल्य समय दिनु भयो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१