मलेसियाको जोहरमा पनि एमआरपीका लागि दूताबासको भोलन्टियर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०६:०७

malesiya

प्रदिप राई/  क्वालालम्पुर मलेसिया । आगामी डिसेम्बर १५ भित्र सम्पूर्ण नेपालीहरुले मेसिन रिडवेल पासपोर्ट लिनुपर्ने कुरालाई मध्यनजर राख्दै नेपाली दूताबासले मलेसियाको विभिन्न ठाउँमा भोलिन्टियर खटाइसकेको छ । दूताबासमा दिनदिनै एमआरपीका लागि मलेसियामा विभिन्न राज्यमा कार्यरत रहेका नेपालीहरुको भीड हुने गरेको छ । एमआरपी लिनेको सो चापलाई मध्यनजर गर्दै जोहोर राज्यमा यसै हप्ताबाट काम गर्ने गरी दूताबासले आफ्नो आधिकारिक भोलिन्टियर पठाइसकेको छ ।
मलेसियामा विभिन्न शहरमा रहेका ८ लाख नेपालीहरुले समयमै एमआरपी लिन पाउन् भन्ने उद्देश्यले दूताबासले यो योजना अगाडि ल्याएको हो । लामो दूरीबाट कम्पनीको काम छोडेर आउने नेपालीहरुमा कठिनाइ पर्न गएको हुँदा दूताबासले समयमै एमआरपी बनाउनका लागि भोलेन्टियर खटाएको बताइएको छ । यसै हप्ताबाट कार्यसंचालनमा लागेको दूताबासको जोहोर क्षेत्रमा दूताबासले आधिकारिक भोलेन्टरहरुलाई कम्पनी कम्पनीमा पठाउने भएको हो । 1-29,1-30 & 1-31CITY PLAZA , 21 JALAN TEBRAU 80300 JOHOR BHARU मा दूताबासले खटाएका भोलिन्टियर बस्नेछन् । त्यस्तै ५० भन्दा बढी नेपाली कामदार रहेको कम्पनीमा भोलिन्टियर गएर फोटो खिचाउने र फर्म भर्ने कार्य गर्नेछन् । उक्त फर्मलाई दूताबासका प्रतिनिधिले रुजु गर्ने बेलामा केही फर्ममा केही त्रुटी हुन गएमा सम्बन्धित कम्पनीका श्रमिकहरुलाई बोलाइने बताइएको छ । केहीसमय पहिला मात्र पेनाङ्गमा शाखा विस्तार गरेर दूताबासको कामलाई चुस्तदुरुस्त राख्दै आएको नेपाली दूताबासले अब जोहोर राज्यमा पनि दूताबासको भोलिन्टियर खटाएर एमआरपी दिलाउने काममा प्राथमिकता दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१