गाउँमै पुगेर पशुस्वाथ्य सेवा प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ बैशाख २०७१, शुक्रबार ०९:५९

बाबियाचौर (म्याग्दी), १२ वैशाख । जिल्ला पशुसेवा कार्यालय म्याग्दीको चिकित्सक टोलीले बिहीबार उत्तरी क्षेत्र घारमा पुगेर पशु स्वास्थ्य सेवा प्रदान गरेको छ ।

कृषकलाई पशुको स्वास्थ्यप्रति सचेत बनाउँदै स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरी सेवा उपलब्ध गराएको हो ।

शिविरमा शिख र घार गाविसका १०० कृषकको ८१७ वटा गाई, भँैसी र भेँडाबाख्राको उपचार गरिएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्रमुख पशु चिकित्सक दयाराम चापागार्इंले जानकारी दिनुभयो । यसैगरी ८०० कुखुरालाई पनि औषधि उपचार गरिएको छ ।

चिकित्सक चापागार्इंको नेतृत्वमा रहेको प्राविधिक टोलीले घरपालुवा पशुपक्षीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि उपलब्ध गराउनुका साथै कृषकलाई आवश्यक परामर्श दिइएको थियो । शिविरमा पशुहरुको गर्भजाँच गरी बाँझोपन निवारणसम्बन्धी सेवासमेत दिइएको चापागार्इंले बताउनुभयो ।

उहाँका अनुसार अधिकांश पशुमा नाम्ले रोगको समस्या रहेको पाइएको छ । कृषकले पशुको स्वास्थ्यमा ध्यान नदिँदा त्यसको असर दुग्ध तथा मासुजन्य उत्पादनमा पर्ने भएकाले पशुस्वास्थ्यप्रति कृषकलाई सचेत बनाउन थालिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१