‘सङ्गीतमा डुबेपछि उत्रिनै गाह्रो’ रचनाकार कमला क्षेत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार १५:४५

काशी पोखरेल, बाँके । २०४८ साल माघ २९ गते पिता मान बहादुर पौड्याल र माता दिलकुमारी पौड्यालको कोखबाट नवलपरासीमा जन्मेकी हुन् कमला क्षेत्री । सानैदेखि सङ्गीत भनेपछि हुरुक्क हुने क्षेत्री २०६९ सालबाट सङ्गीत क्षेत्रमा प्रवेश गरेकी हुन् । पढाइमा पनि अब्बल उनी देउराली गाविसको श्री जनता उच्च मावि, बेलवामा १० कक्षासम्म अध्ययन गरिन् । स्कुले जीवनमै कला क्षेत्रप्रति आकर्षित उनी राम्रो नृत्य पनि गर्न सक्छिन् । निकै मिहेनती स्वाभावकी उनले तीन बर्षको छोटो समयमा पाँच वटा गीतको सङ्कलन गरिसकेकी छिन् । Kamala (1)

भविष्यमा पनि सङगीत क्षेत्रमा नै बिताउने योजनामा रहेकी उनी भन्छिन्, “रक्तिममा हुँदा मेरो विधा नृत्य नै हो । मैले त्यहाँ ४÷५ वर्ष काम गरेँ । पछि लेखनलाई पनि एकसाथ अघि बढाउनुपर्छ भन्ने सोच आयो र शब्द सङ्कलनमा लागे ।” उनले अहिलेसम्म गीतको सङ्कलन गरिसकेकी छन् । उनले ‘विवस मन’ एल्बममा रहेका ४ वटा गीतहरुको शब्द उनैले सङ्कलन गरिन् । Kamala2
‘विवस मन’ एल्बममा ‘बोल है सानु।।।’, ‘पोखे सबै मनका बह।।।’, ‘तिम्रै साथ।।।’, ‘यस्तै भयो।।।’ जस्ता गीतहरुमा शब्द सङ्कलन गरेकी छिन् । उनले सङ्कलन गरेका गीतमा गायिका स्व।मन्जु महत र रामु विरहीले स्वर दिएका छन् भने चार वटा आधुनिक गीतमा प्रेम नेपाली र रिता पुनले स्वर दिएका छन् । शब्द सङ्कलनको रुपमा सङ्गीत क्षेत्रमा प्रवेश गरेकी कमला अब आफै गीत गाउने सुरमा छिन् । त्यसको लागि केही समय कुर्नु पर्नेछ । सङ्गीत क्षेत्रमा आउन धेरैले हौसला दिएको उनको भनाई छ ।
सङ्गीत क्षेत्रमा रहेर नाम उच्च बनाउने अभियानमा लागेकी उनी भन्छिन्, “सङ्गीतले मनलाई आनन्द दिँदो रहेछ । सङ्गीतमा डुनेपछि उत्रिन निकै गाह्रो छ ।” त्यस्तै उनी ‘मनलाई आनन्द दिने एउटा कला र जीवनको महत्वपूर्ण आधार अनि पाटो’लाई सङ्गीत भन्छिन् । पछिल्लो समयमा यस क्षेत्रमा निकै विकृति बढेको उनको बुझाइ छ ।
उनी भन्छिन्, “सङ्गीत क्षेत्रलाई व्यवस्थित गर्न कुनै नीति नियम र कानुन छैन । यसलाई नाम्ने मापदण्ड नभएकै कारण पछिल्लो समयमा निकै विकृति देखिएको छ ।” राजधानी बाहिर रहेर सङ्गीत क्षेत्रमा क्रियाशिल रहनेहरुको पीडा व्याख्या गर्न गाह्रो हुने उनको बुझाई छ । मोफसलमा रहेर कलाकारिता गर्दा धेरै टाढा भएको आभास हुन्छ । एउटा कलाकार सफल हुन सञ्चार माध्ययममा ठुलो भूमिका हुने उनी बताउँछिन् ।
“सङ्गीत क्षेत्रमा जे गर्दा पनि हुन्छ भन्ने मानसिकताकै कारण विकृति धेरै छैन् । सङ्गीतमा लागेका व्यक्तिहरुले नै यसमा चासो नदिँदा समयमा भएको छ” कमला भन्छिन्, “इच्छा र पैसाकै भरमा सङ्गीत क्षेत्रमा हाम फाल्नेहरुका कारण यो क्षेत्र अस्तव्यस्त बन्दै गएको छ । इच्छा र पैसा भन्दा पनि सङ्गीत बुझेर यस क्षेत्रमा नयाँ व्यक्तिहरुको प्रवेश भए विकृतिको अन्त्य हुन्छ ।”Kamala1
कमलालाई अहिले शब्द सङ्कलक मात्र भनेर चिन्न सकिन्छ । अहिले उनीले शब्द सङ्कलक मात्र गर्ने गरेकी छन् । तर उनी अब गायिका बन्ने तयारीमा छन् । उनी भन्छिन्, “हेर्नुहोस् सङ्गीत क्षेत्रमा रहेर काम गर्ने चाहना हुँदाहुँदै हामी जस्तो मान्छे राजधानी बस्न सक्दैनौँ । राजधानीमा नबसेर सफल हुन पनि गा¥ह«ो छ । तर पनि तँ आँट म पु¥याउछु भन्ने भगवानको बचन भने जस्तैगरी हिँडेकी छु र सफल पनि हुन्छु ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१