संसारकै सबैभन्दा ठुलो सेनालाइ अझै बलियो बनाउँदै शी जिनपिङ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार १०:००
बेइजिङ, चीनले ठुलो परिमाणमा आफ्नो सेनालाइ आधुनिकीकरण गर्न गैरहेको छ, यसै सन्दर्भमा चिनीयाँ राष्ट्रपति शी चिनफिङले विश्वकै सबैभन्दा ठुलो सेनालाइ अझै बढि बलियो बनाउका लागी सैन्य उपकरणहरूको विकासमा तिव्रता ल्याउनका लागी आह्वान गरेका छन ।
कम्युनिस्ट पार्टीका प्रमुखका साथै सेनाको कमान सम्हालेका शी ले बताए अनुसार आधुनिक हतियार राष्ट्रीय सुरक्षा र सेनामा नयाँ प्राण थप्ने कुराका लागी एक आधुनिक सेनाको अभिन्न अंग हो। शी ले यहां उपकरणहरूका सम्बन्धमा पिपुल्स लिबरेशन आर्मी (पीएलए) को सम्मेलनलाइ सम्बोधित गर्दै भने कि सैन्य उपकरणहरूको निर्माण सूचना प्रविधिमा आधारित हुनु पर्दछ र यसा हतियारको गुणस्तरमा निकै ध्यान दिनु आवश्यक छ ।
शिन्हवा संवाद समितिका अनुसार २३ करोड सैनिकका साथमा संसारकै सबैभन्दा ठुलो सेना हुनु बाहेक चिनीयाँ पछिल्लो बर्षको बजेट करीब १३२ अरब डलर थियो । जुन कि अमेरिकाको ७०० अरब डलरको बजेट पछि संसारकै दोश्रो सबैभन्दा ठुलो रक्षा बजेट हो । चीन अहिले व्यापक सैन्य आधुनिकीकरण अभियान चलाइरहेको छ, जसमा लामो दुरीको मिसाइलहरू, विमान वाहक पोतहरू, लडाकू पोतहरू, बमबर्षकहरू तथा साइबर युद्ध प्रविधि सहित नवीनतम हतियारहरूमाथि जोड दिइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०