सुसाइड नोट विमोचन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७१, बिहीबार २०:१४

lekali w मिडिया एजेन्सी, १८ मङ्सिर बिहीबार राजधानीमा स्रष्टा राजेन्द्र प्रसाद प्रसार्इृंको ग्रीन–कार्डवालाको सुसाइड नोट विमोचन भयो । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, प्राज्ञ बुलु मुकारुङ, प्रा.डा. खगेन्द्र प्रसाद लुईंटेल, प्रा.डा. सुरेन्द्र केसी, प्रा.डा. गार्गी शर्मा, राजनीतिज्ञ नन्दकुमार प्रसाईं, लेखक स्वयं र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले उक्त काव्यकृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । हाल क्यानडामा बस्दै आएका स्रष्टा प्रसाईंले २७ वटा शीर्षकमा लेखेको काव्यकृतिका बारे विमोचन गर्ने सबै अतिथिले समीक्षात्मक टिप्पणी गर्दै स्रष्टालाई शुभकामना दिए । विदेशबाट लेख्दैमा सबै कृति डायस्पोरिक नहुने कुरामा स्रष्टाहरू प्रष्ट हुनुपर्ने धारणा सो समारोहमा व्यक्त गरियो । त्रिविविका पूर्वप्रशासक प्रसाईंको पुस्तकका रूपमा आएको यो पहिलो काव्यकृति हो । आयोजक अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा भगवती रोका ‘भूमिका’ले स्वागत मन्तव्य, मणि लोहनीले सो कृतिबाट एउटा कविता वाचन गरेका थिए भने डा. रेणु थापा ‘सोलु’ले कार्यक्रम सञ्चालन गरेका थिए ।

lekali we

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१