१६०० श्रमिकको महिनाभरी कमाएको पैसा आफैले आधा पाउँदा गहभरी आँसु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार ०५:२७

NNNNNN

प्रदिप राई/ डिसेम्बर २ , क्वालालम्पुर मलेसिया। झण्डै १६ सय नेपाली कार्यरत ईपो पेराक स्थित वाइ टि वाइ कम्पनीमा नेपालबाट ल्याउने वेलामा गरेको सम्झौतालाई बद्दर गदै हालसालै नयाँ नियम लागु गरेर नेपाली कामदारहरुलाई बढि शास्ती दिने गरेको सिटीवान मान्जुङ्ग ईपो पेराकमा रहेको वाई टि वाई कम्पनीमा कार्यरत बराहपोखरी ६ कात्तिके खोटाङ्गका दिपक सुबेदीले बताउनु भयो। आउने वेला बस्ने सुबिधा,आईतवार काम चल्ने,ओभरटाईम हुने र पैसा नकटाउनेजस्ता कुरामा कागजात गरी बिगत दुईबर्ष अगाडी मलेसिया आएका सुबेदीलाई यतीवेला हाँस्नु न रुनु भएको छ । मासिक न्युनतम ९ सय आरएम मा कार्यरत उनीजस्तै सयौ नेपाली यो बेथाले गुज्रिएका छन । हातमा लगाउने पञ्जा बन्ने उक्त कम्पनीमा ४ घण्टा ओभर टाईम दिने तर एक घण्टाको पैसा कटाएर कम्पनी स्वयमले नै लिने गरेको छ । जसोतसो महिनाभरी काम गरी कमाएको पैसा आफैले आधा पाउँदा गहभरी आँसु हुने दिपकजस्तै अरु कामदारहरुले दुखेसो गरे । परिवारलाई केही सुख दिउँला छोरा छोरीलाई लालन,पालनमा केही सहयोग मिल्ला भनेर मलेसिया आएका त्यस कम्पनीमा कार्यरत नेपालीहरुको महिनामा १४ सय ६ तलब आउने गर्दछ । दिपक भन्छन आएको सबै तलब फेरी विभिन्न शिर्षकमा कटाएर आफै लैजान्छन । मासिक सरकारी कर लेभी १ सय ३०, होस्टल,बिधुत चार्ज १ सय,हाउस किपिङ्ग ५०,मेडिकल १५, कम्पनीबिमा १०,खाना,नास्ता २ सय ५०,पिउने पानी २० कटाउने गरेको छ । कम्पनीप्रती रोष्ट प्रकट गदै उनी भन्छन तलबमै मेडिकलको लागी लाग्ने पैसा कटाए पनी बिरामी हुँदा दिनै पर्र्ने नत्र मरिन्छ कि भन्ने डर हुने गरेको उनीको भनाई छ । कोशी मेनपावर र कन्काई सिद्दबाबा मेनपावरले त्यहाँस्थित कम्पनीमा नेपालवाट धेरै भन्दा धेरै मान्छे पठाउने गरेको उनीहरुको भनाई छ । मलेसियामा कम्पनीे कामदारहरुको लागी कम्पनीले बस्ने सुविधा दिने धेरैमात्रमा रकम नलिने भन्दै नेपालस्थित मेनपावर तथा एजेण्टहरुले मलेसिया पठाउने गरेका छन । सरकारी नियम अनुसार मलेसिया जानको लागी ८० हजार लाग्ने भएपनी नेपालका एजेण्टहरुले २ लाखसम्म लिने गरेको पाईएको छ । बैदेशिक रोजगार सम्बन्धी हक अधिकार पाएको सँघ सस्थाले वेवास्ता गर्दा हजारौ नेपालीले ठुलो धनराशी खर्च गरेर बाहिरी देश रोजागीमा जाने गरेको पाईएको छ ।
नेपाल बाट बढी मात्रमा यस् कम्पनिमा कामदार ल्याउने कोशी मेनपावर कन्कई मेनपावर सिद्द बाबा मेन पावर बाट ल्याउने गरेका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१