भुपिनले सम्झिए विरशाली पन्त र भुपि शेरचनलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार १०:२३

नारायण रिजाल, बागलुङ।  बागलुङको नारायणस्थानमा जन्मिएका कवि भूपिन व्याकुलको शनिबार बागलुङमा एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । नारायणस्थानमा जन्भिएर राष्ट्रिय स्तरको कविको रुपमा पहिचान बनाएका भुपिनले बागलुङमा कविता बाचन गरेका हुन् । Bhupin
दृष्टिविहीन विद्यार्थी दीपक अधिकारीले ब्रेनलिपीमा लेखेको भूपिनको कविता ‘जेब्रा क्रस’ कविता हातले छामेर बाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । भूपीनले करिब चार सय भन्दा बढि दर्शकले खचाखच भरिएको हलमा आफू जन्मेको बागलुङको नारायणस्थानको परिवेशलाई समेटेको ‘मातृभूमी’ कविता मार्फत कविता बाचन सुरु गरेका थिए । भूपिनले बागलुङमै जन्मिएका वीरशाली पन्त र मुस्ताङमा भूपी शेरचनलाई स्मरण गरे आफ्नो कविता बाचन सुरु गरेका थिए । भावना डुवेर कविता बाचन गर्दा पसिनाले निथु्रक्क भिजेका भूपिनले चस्मा कविता यी पंक्ति ‘कमजोर भएको छ कविताको आँखा,अब कवितालाई चस्मा चाहिएको छ’ सुनाए । कार्यक्रममा भूपिनले ट्रक ड्राइभर, हिड्ने रुख, तिमीसँग म नर्क जान तयार छु, सुप्लाको हवाइ जहाज, खडेरी, गुम्ब्रे जीवा, भगवान, घरबेटी लगायत एक दर्जन बढि कविता सुनाएका थिए । भूपिनले बेसारे कविता मार्फत ‘बिचार रोपेका थियौँ पहेँलिएर गयो’ भन्दै संविधान निर्माणमा संलग्न ६०१ सभासद र राजनीतिक नेतृत्वलाई व्यंग गरे ।
बागलुङमा जन्मिएर पनि पोखरा र चितवनले दावी गर्ने भूपिनका कविता सुनाउनकोलागि ‘बलेवा समाज बागलुङले शनिवार यहाँ कार्यक्रमको आयोजना गरेको बलेवा समाज बागलुङका अध्यक्ष हरिशर्मा हरिषले बताए । ‘विम्वमा भूपिन एकल कविता बाचन’ कार्यक्रम मार्फत यहाँको साहित्यीक अभियानमा टेवा पुगेको छ । भूपिन बागलुङको एक शसक्त राष्ट्रिय प्रतिभाको रुपमा चिनाउन कार्यक्रम आयोजना गरेको कार्यक्रमकोे बलेवा समाज बागलुङले बताएको छ । आफ्नो गृह जिल्लाका पाठक र स्रोतासँग साक्षात्कर गर्न पाएकामा भूपिन मख्ख थिए । तीन दशक लामो कविता लेखनको यात्रामा उनले यस अघि पनि चितवन, पोखरामा एकल कविता वाचन गरिसकेका छन् । कार्यक्रममा हेटौँडाका कवि निमेश निखिलल ‘कवि नभएको भए, बागलुङका श्रष्टा ओमप्रसाद घायलले ‘हजार वर्षको निद्रा’,नेपाल लेखक संघका केन्द्रीय सदस्य डिल्लिराम सुवेदीले ‘पूलमा उभिएर’, चितवनका श्रष्टा सुमनराज श्रेष्ठले भेडी गोठ लगायतका कविता बाचन गरे । बलेवा क्षेत्र नारायणस्थानमा २०३० सालमा जन्मेका भुपिनले एस।एल।सी सम्मको पढाई गाउँकै विद्यालयबाट पुरा गरेर त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरी हाल भरतपुर चितवनको सप्तगण्डकी बहुमुखि क्याम्पसका प्राध्यापक रहेका छन ।???????????????????????????????
भुपिन २०५३ सालमा ‘क्षतिग्रस्त पृथ्वी र मुल सडक’ नामक कविता संग्रह मार्फत सम्भावना बोकेका प्रखर कविको रुपमा उदाएका थिए ।
उनका विभिन्न पत्रपत्रिकाहरुमा सयौँ फुटकर कविता र निबन्धहरु प्रकाशित भइसकेका छन् । २०५६ मा प्रकाशित उनको कविता संग्रह ‘शब्दहरुको नेपथ्य’ पछि २०६६ सालमा अर्को कविता ‘हजार वर्षको निद्रा’ निकै चर्चित रह्यो । सोही कविता संग्रहले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको अ नेसा। स। पुरस्कार समेत प्राप्त गरेको थियो ।
विभिन्न साहित्यिक संस्थाहरुमा सक्रिय उपस्थिति जनाउने उनी साहित्यिक पत्र–पत्रिकाको प्रकाशनमा पनि उत्तिकै सक्रिय छन् । २०६९ सालमा सांग्रिला बुक्स काठमाण्डौले प्रकाशित गरेको उनको निवन्धकृति ‘चौबीस रिल’ ले २०६९ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गर्न गरेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१