नवदित साहित्यकार शिव सुबेदी सँगको साहित्यक भलाकुसारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार ०७:१४

 प्रदिप राई / मलेसिया 
प्राकृतिकरुपमा सँसारमा रमणिय र सुन्दर दृश्यहरुको धनी देश नेपाल हो भन्दा कसैको दुईमत नहोला । यहि सुन्दर नेपालमा केही समय अघि राजनैतिक अस्थिरताका कारण देशले केही द्धन्द खेप्न पर्‍यो । लगत्तै केही राजनितिक पार्टी तथा जनताको पहलमा द्धन्दले बिश्राम लियो । देशमा भएको राजनितिक उथलपुथलले गर्दा प्रायःजसो सबै प्रकारका कला प्रतिभा हराएजस्तै भएर गयो । नेपाली साहित्यक क्षेत्र पनी खस्केर गएको पाठक तथा स्रोताहरुले अनुभव गरे । mmmmजब देशमा केही रुपमा शान्तीको आभाष भयो त्यसको केही समय पछि फेरी सबै क्षेत्र उजागर हुदै गयो । यसमा पनी बिशेषगरी नेपाली साहित्यक्षेत्रले बजार तताएको पाईयो भने साहित्यक्षेत्रले आफ्नै ठाँउ ओगटेको महशुष गरियो । त्यसैले भनिन्छ साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पु¥याउँछ । आज यहि साहित्यजगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै एकैपटकमा परिबर्तन नभएपनी समयको मागसँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ भने । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको भिन्दै छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु सयौ लाखौ छन । फरक यती हो कोही सफल भएका छन । कोही असफल ? हार र जितको मजा एकातिर रहे पनी साहित्यले हाम्रा समाजलाई सहि मार्गनिर्देश गरिरहेको छ । पछिल्लो समय युवा,युवतीदेखी बयष्कसम्मलाई साहित्यले छोएको राम्ररीनै देख्न सुन्न पाईन्छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर बिगत ७ बर्ष अगाडीबाट कलम चलाईरहनु भएका मोरङ, जिल्ला टाडी, गा बि स निवासी बुवा हरिलाल सुबेदी र माता कुमारी सुबेदीका कोखा बाट २०४७ साल भदौ १९ गते जन्मनु भई हाल शान्ती नगर – १ जुनेली बस्ती, झापामा रहनु भएका साहित्यकार शिव सुबेदीसँगको झम्का भेटमा आजको भलाकुसारीमा म प्रदिप राईको साथमा।

१, शिव जि, तपाइलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ ।
–/; हार्दिक धन्यवाद छ प्रदिप दादा तपाईंलाई पनि यो परदेशको अमुल्य समय
मेरा सम्पूर्ण पाठक सँग साक्षात्कार गर्ने सु-अवसर जुराई दिनु हुने तपाईं प्रदिप दादा लगायत प्रवासी सन्देशका सम्पूर्ण सम्पादक मण्डलमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

शिव जि, साहित्यले आफै आफ्नो बिशेषता बोलेपनी तपाईको बिचारमा साहित्य के हो ?
–: मलाइ लाग्छ साहित्यको परिभाषा सङ्कुचित हुँदै गएको पो हो कि??
साहित्य लाई मैले आफ्नै शब्दमा परिभाषित गर्दा “साहित्य जगतको मार्गदर्शन हो”
यानेकी साहित्यले घर,समाज,राष्ट्र मात्रै नभई सिङ्गो संसारलाई मार्गनिर्देश गरिरहेको छ ।

शिव जि, सिङ्गो साहित्यकार हुनुमा तपाई आफुलाई कस्तो सोच्नु हुन्छ ? के साहित्यले साच्चीनै तपाईको सोचाईमा समाज परिबर्तन गर्छ ?
–: सुन्दर प्रश्न राख्नु भयो । मैले आफुले आफुलाई साहित्यकारको दर्जामा पुर्याउन सकेको पो छुईनकी अझै त्यहा पुग्न बाँकि नै छ निखारिने कोसिस भने जारी छ। तर नेपाली साहित्य जगतलाई नियालेर नियाल्दै नियाल्ने बाचा सहित अगाडि बड्ने एक साहित्यानुरागी,केही सृजना गर्ने सर्जक चै पक्का हुँ।
साहित्यले पक्का घर समाज राष्ट्र बिश्व परिवर्तन गर्छ र गर्दै आएको सर्वबिधितै छ ।
म मा पनि निकै परिवर्तन ल्याएको केही भान हुन्छ । आज साहित्यको रसपानले ब्यक्ति
,समाज,सिङ्गो राष्ट्र नै परिवर्तन गर्छ त्यो खुवि साहित्यको कण कण मा भेटाएको महसुस गर्दछु ।

शिव जि, अब हामी तपाईको बिगततिर लाग्छौ । तपाई यो क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा अथवा तपाईको रहर हो ?
–: सानै उमेर बाट नेपाली साहित्यको निपुण छाप बसेकै हो ।
जब म कक्षा ५ मा पढ्थे मलाई याद छ ‘किसानको रहर’ ‘बसन्त’ आदि कविता वाचनले आदर्णीय शिक्षक शिक्षिका को मन जिते पछि निरन्तर रुपमा स्कुलका कार्यक्रममा केही कविता हरु वाचनका निम्ति आग्रह गर्नु हुन्थ्यो त्यहि प्रेरणा बटुल्दै केही कवितामा कलम चलाउन थाले मैले लेखिएका केही कविताले पुरस्कार पनि जिते र अझ हौसला मिले पछी आज सम्म पनि केही नेपाली साहित्यका बिधामा यो शृजनसील कलम चलाउदै आएको छु ।
यश क्षेत्रमा मलाई विषेश उत्प्रेरित गर्नु हुने आदरणीय दिदी लिला सुवेदी गड्तौला लाई दिन्छु । त्यसै गरि मेरा हरेक सृजनाना त्रुटि औल्याई दिनु हुने आदरणीय काका सोम सुवेदी लाई पनि मैले बिर्सीरहन सक्दिन ।
अनि अझ बढि उत्प्रेरणा प्रदान गर्नु हुने मेरा प्रिय पाठक बर्गमा लाखौ लाख धन्यवाद दिन चाहान्छु उहाँ हरु मन पराई दिनु हुन्छ बारम्बार सल्लाह सुझाव दिनु हुन्न ।
हजुरहरुको ।मन मष्तिस्कमा मेरा रचनाहरुले स्थान जमाएको देख्दा आफैंले गौरवान्वित ठान्दछु ।
यो अतुलनीय मायाको अझैनिकै खाचो रहेको पनि जानकारी गराउछु ।

शिव जि, साहित्य के हो ? कसरी फुर्छ साहित्य सिर्जनाहरु ?
–: म साहित्य जगतको एक मार्गनिर्देशनको रुपमा लिन्छु ।
साहित्य बीना लाग्छ संसार अध्यारो छ ।
भनिन्छ नि साहित्यको रसपान गर्नसकियो भने संवत् स्फुर्त आनन्द मिल्छ ।
सृजना केही अप्ठ्यारो केही हण्डर नखाई चै फुर्न गारै हुदो रहेछ ।
अधिकांश साहित्यकार हरुका जीवनी हरुबाट पनि यहि आभाष लिन सकिन्छ ।

शिव जि, साहित्यमा धेरै ब्याक्तिहरु आएका छन र तिनीहरु चाडै गुमनाम पनी भएका छन नि ? तपाईलाई आफु कस्तो हुन्छु जस्तो लाग्छ ?
–: अचेल नेपाली लगायत विभिन्न साहित्यमा सेंडिग्रेट प्रथा चल्न थालेको महसुस हुन्छ ।साहित्यमा जो कोहि प्रवेश गर्छन केही समय पश्चात् बिलिन पनि हुन्छन् यो प्रथा पहिला बाटनै चलिआएको हो ।
जो ब्यक्ति निरन्तर साहित्य प्रति साधना गर्छ साहित्यको नव रस मा डुबुल्की मार्न खोज्छ आखिर उ नै अमर रहन्छ ।

शिव जि, भनिन्छ बाँच्नको लागी आर्थिक स्रोत चाहिन्छ कतीपय साहित्यकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन । उनीहरुको साहित्य सिर्जनामा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
–: पहिलो कुरा त एउटा सफल साहित्यकार हुन निरन्तर साहित्य साधना आवश्यक छ । साधनारत साहित्यकारनै हो भने पक्का निकालिएका कृति हरुले राम्रो बजार पाउने आसा छ ।
तर हाल साहित्यमा पनि बेफजुल प्रतिस्पर्धा चलेको अवस्था छ एउटा द्वन्द्वनात्मक अवस्था पनि सिर्जना भएको महसुुस हुन्छ ।
यहाँ साहित्यकै माध्यमबाट दाम कामाउन त त्यति सजिलो छैन ।
यदि कोहि तपाई साहित्यबाटनै जिबिकोपार्जन गर्छु भनेर भ्रमात्मक सोचमा हुनुहुन्छ भने ती सोचहरु मनस्पटल बाट निकालिएकै बेश होला ।
साहित्यमा दामको आशाले हैन नामको अमरत्व चै खोज्न सक्नुहुन्छ ।

शि जि, पछिल्लो समययता सबैले गजल,हाईकु,कविता, मुक्तक भावना गीत विभिन्न लेख्ने प्रसारण,प्रकाशन गर्ने कतीले हु—बहु अरुको सारेर आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ?साहित्यको फाँटमा । यसमा ध्यान कसको जानुपर्छ जस्तो लाग्छ तपाईंको बिचारमा ?
–: मैले सुरुमै भनेनी साहित्यको परिभाषाले कता कता नछोएको पो हो कि? जस्तो लाग्छ । हाल साहित्यका बिबिध बिधामा ध्यानाकर्षण हुदैगएको र अझै नौला बिधाहरु पनि जुरमुराई रहेका छन । यसले नेपाली साहित्य लाई सुमार्गतिरनै लैजान्छ भन्ने पुर्ण बिस्वस्त छु ।
हाल आएर अर्काको रचना हु-बहु कपि गर्ने लाटोकोसेरोकोको संख्या बढ्दो छ। र अर्काको सृजना चोरेर आफ्नो नाम साहित्यको फाँटमा चिनाउन खोज्ने हरु निकै सकृय देखिन्छन् यो कार्य पक्का पनि सक्कली सर्जकहरुमा तुसारा पात हुने यो कार्यलाई तुरुन्त रोकनका निम्ति अलि कडाईका साथ लाग्नु पर्ने देखिन्छ।

शिव जि, तपाई एकजना रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ । तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साहित्यकार साथीहरुलाई के कस्तो सल्लाहा सुझाब दिन चाहनानु हुन्छ?
–: तपाईं साहित्यको जुन बिधामा कलम चलाउदै हुनुहुन्छ आफूले धेरै लेख्ने बानी भन्दा पनि आफू भन्दा ठुला त्यस सम्बन्धि केही जानेका सँग केही सिक्नुस वहाँहरुका सृजनाहरु हेर्नुस् नजानेको नलजाई नधकाई सोध्नुस् कोहि ब्यक्ति जन्मजातै केही लिएर आएको हुदैन ती सबै सफलताहरु पछि आर्जन भएका हुन ।
यहाँ गरे गर्न सिके केही असम्भव छैन ।

शिव जि, अन्त्यमा तपाईलाई साहित्यमा के हुनुपर्छ र के को अभाव छ साहित्यमा ता की साहित्य सधै अमर रहनका लागी ?
–: लाग्छ साहित्यमा हुँदै गरेको द्वन्द्वात्मक प्रतिस्पर्धा रोक्न जरुरी छ ।नेपाली भाषा साहित्यमा केही अपरिहार्य बिधनहरु थप्न सके राम्रो हुन्थ्यो कि??
सबै मिली साहित्यको हितका निम्ति हातमा हात साथमा साथ राखि अगाडि बडौ यसैमा साहित्यको हित हुनेछ ।।

शिव जि, यहि साहित्यमा कलम चलाईरहनु भएका सम्पूर्ण साहित्यकार मित्रहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
–: नेपाली साहित्य एउटा अमृतको सागर हो जसरी रसपान गर्नुहोस् त्यो महासागर भित्र अमृतै अमृत छ ।
बाँकि अमृत पान गर्ने जिम्मा हजुरकै हातमा छ।

:- हस्त धन्यवाद शिव जि, यती धेरै समय दिनु भएकोमा म प्रदिप राई साथै हाम्रो प्रवासी शन्देस साप्ताहिकको तर्फ बाट पुनः भेट्ने बाचा सहित अहिले लाई बिदा चाहन्छु ।
:- धनयवाद त मैले, तपाइ र तपाइको प्रवाशी शन्देस साप्ताहिकलाई दिनुपर्ने हो किनकी साहित्यको माहलमा म जस्तो मान्छेको भलाकुसारी तपाइहरुको अमूल्य समयलाई खर्च गरेर म सङ्ग संवाद गर्नु भएकोमा । धन्यवाद,,,,,

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१