क्यान्सर स्वास्थ्य शिविर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १०:३६

इलाम, ११ वैशाख । इलाम सदरमुकाममा सञ्चालित क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरमा ७६० जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

पाठेघरको क्यान्सरबाट पीडित महिलाका लागि लक्षित गरी सञ्चालित दुईदिने स्वास्थ्य शिविरमा १८ जना महिलामा पाठेघरको क्यान्सर पुष्टि भएको छ । ४५ महिलाको पाठेघरमा ट्युमर रहेको, ४० लाई प्याप स्मियर लगाइएको र १८ जना पहिलेका बिरामीले सेवा लिएका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था इलामको आयोजना तथा भक्तपुर र भरतपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने शिविरमा जिल्लाका ग्रामीण भेगका साथै इलाम, पाँचथर र ताप्लेजुङबाट बिरामीको उपस्थिति थियो । शिविरमा डा गिसुवप्रसिगो प्रसाईं, एलिजा श्रेष्ठ र रञ्जना कर्माचार्यसहित १८ जनाको टोलीले पाठेघरसम्बन्धी परीक्षण गरेका थिए ।

शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको संस्थाका अध्यक्ष हिमालय कर्माचार्यले बताउनुभयो । दोस्रोपटक यस्तो खालको शिविर सञ्चालन गरिएता पनि बिरामीको चाप कम नभएको उहाँ बताउनुहुन्छ । शिविरमा १८ वर्षदेखि ६० वर्षसम्मका महिलाको पाठेघरको जाँच तथा उपचार गरिएको थियो ।

शिविरमा आएका बिरामीलाई थप उपचारका लागि भक्तपुर बोलाइने र आएमा सहुलियतमा उपचार गरिने नेपाल अर्बुद रोग निवारण संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१