अनुदान नदिँदा बिरामीका लागि रासनको समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १०:३४

गोरखा, ११ वैशाख । सरकारले अनुदान नदिँदा जिल्ला अस्पताल गोरखामा बिरामीका लागि रासनको समस्या हुनुका साथै यहाँ कार्यरत चिकित्सकहरुले तलब पाउन सकेका छैनन् ।

विगत चार महिनादेखि सरकारले दिने नियमित अनुदान रोकिँदा जिल्ला अस्पतालमा रहेका कर्मचारीले तलबसमेत खान पाएका छैन । जिल्ला अस्पतालमा भएका बिरामीका लागि मासिक रुपमा झन्डै डेढ लाखभन्दा बढीको रासन लाग्ने अस्पताल स्रोतले जनाएको छ । बिरामीका लागि आवश्यक पर्ने रासन अहिलेसम्म उधारोमा नै ल्याइराखिएको र अब भने पसलेले उधारोसमेत दिन छाडेको अस्पतालका प्रमुख केशवराज भुर्तेलले बताउनुभयो ।

सरकारले रकम उपलब्ध नगराउँदा अस्पतालले सञ्चालन गर्दै आएको आमा सुरक्षा कार्यक्रमसमेत रोकिएको छ । राम्रो विशेषज्ञ सेवाका कारण गोरखा अस्पतालमा अहिले सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । तर आमा सुरक्षा कार्यक्रम रोकिएपछि बच्चा र सुत्केरी आमाका लागि दिइने सेवा सुविधासमेत दिन समस्या परेको अस्पताल प्रमुख भुर्तेलले बताउनुभयो ।

अहिले बिरामीले खानाको प्रबन्ध आफँैले मिलाउनु परेको छ । अस्पताल ५० श्ययाको भएपछि विभागले नियमित अनुदान नदिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०