१७ बर्षकै उमेरमा अलग्गीएकि मोदिपत्नी जसोदाको सम्पुर्ण नालीबेली..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ मंसिर २०७१, बिहीबार १०:२६



काठमाडौँ ,११ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनशैली ‘हाइफाइपूर्ण र लोभलाग्दो छ । मोदी आर्थिक रुपमा विश्व शक्तिका रुपमा उदाउँदै गरेको भारतका प्रधानमन्त्री भएर मात्र होइन ।

उनका लागि त्यहाँका धनाढ्य व्यापारीहरुले ठूलै ‘आर्थिक लगानी’ गर्ने गरेका छन् । पोशाकका सौखिन उनी दिनमै परीआए चार/पाँचपटक सम्म कपडा फेर्छन् । विदेश जानुपर्दा विशेष विमान भाडामा लिएर हिंड्छन् । यति धनी प्रधानमन्त्रीकी श्रीमतीलाई खान लाउनै धौ–धो छ भन्ने सुन्दा पत्यार नलाग्न सक्छ ।

तर कुरा सत्य हो । मोदी पत्नी जसोदादेबन चरम आर्थिक संकटका बीच जीवन गुजारा गर्दै आएकी छन् । ६२ वर्षीया जशोदा र मोदीबीच भावनात्मक र पारिवारिक सम्बन्ध टुटेको वर्षौं भइसक्यो । सन् १९६८ मा मोदी १८ र जशोदा १७ वर्षको हुँदा विवाह भएको थियो ।

विवाहको तीन महिनासँगै बसेका उनीहरुबीच सम्बन्धमा फाटो आयो । त्यसयता जशोदा माइती घरमा बस्दै आएकी छन् । पूर्वशिक्षिका जशोदाको मासिक आम्दानी पेन्सनबापत पाउने १४ हजार रुपैयाँ हो । त्यसले आफ्ना सबै आधारभूत आवश्यकता पूरा नहुने गुनासो उनले गरेकी छन् ।

मोदी प्रधामन्त्री भएपछि ‘स्ट्यान्डर्ड मेन्टेन’ गर्दा आफ्नो थप पैसा खर्च हुने गरेको जशोदाको भनाइ छ ।  छुट्टिएर बस्न थालेको ४६ वर्षपछि उनले मोदीसँगै बस्न चाहेको सञ्चार माध्यमलाई बताएकी छन् ।
केही दिनअघि मुम्बई भ्रमणमा गएकी उनले मोदी लिन आए जाने अभिव्यक्ति दिएकी थिइन् । तर मोदीका तर्फबाट त्यस सम्बन्धमा अहिलेसम्म केही प्रतिक्रिया सार्वजनिक भएको छैन । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१