मोदी पत्नीले भनिन्- उहाँ लिन आउनुहुन्छ भने म तयार छु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७१, सोमबार ०९:५३

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनले लामो मौनतालाई चिर्दै आफू पतिसँग बस्न तयार रहेको बताएकी छन् । मुम्बई भ्रमणमा रहेकी जशोदाले शुक्रबार भारतीय सञ्चारमाध्यमसँग भनिन्- ‘उहाँ(मोदी) लिन आउनुहुन्छ भने म तयार छु।’ शिक्षण पेशाबाट अवकाश पाएकी ६२ वर्षीया जशोदा उत्तरी गुजरातमा माइतीसँग बस्दै आएकी छन्। मोदी प्रधानमन्त्री भएपछि जशोदालाई सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । सन् १९६८ मा किशोरावस्थामै मोदी र जशोदाको विवाह भएको थियो। तर, उनीहरु लामो समयदेखि अलग्गै बस्दै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१