वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका नेपालीले आत्महत्या गरे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ मंसिर २०७१, सोमबार ०९:३५

प्रदिप राई/ क्वालालम्पुर मलेसिया। पेनाङ्ग राज्यको जर्ज टाउनमा झुण्डिएर एक नेपालीले आत्महत्या गरेका छन । सम्पुर्ण विवरण खुल्न नसकेका अन्दाजी ३४ वर्षिय दया शँकर भनिने अबैधानिक कामदारले आत्माहत्या गरेका हुन ।suicide

पटक पटक फोन सम्पर्क गर्दा फोन नउठेपछि दयाशँकरको कोठामा पुग्दा ढोका लक भएको र प्रहरीमा खबर गरी प्रहरीको सहयोगमा ढोका फोरेर हेर्दा आत्महत्या गरेको पाईएको उनका साथीहरुले बताए । एक्लै बस्दै सेक्युरिटीगार्डमा काम गर्दै आएका दयाशँकरले आत्महत्या नै गरेको अवस्थामा भेटिएको नर्थ ईष्ट डिस्ट्रीक प्रहरी प्रमुख एसपी मिओर फारिडालार्थस वाहिडले बताउनु भयो ।

सबै ठेगाना प्राप्त नभईसकेको हुनाले निजको सम्पुर्ण विबरण प्राप्त गर्नका लागी सम्बन्धित पक्षसँग सहयोगको लागी पहल गरिएको मलेसियन प्रहरीले जनाएको छ । हाल मृतककोे शवलाई पेनाङ अस्पतालमा पोष्टमार्टमको लागी राखिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१