जेलबाट सञ्जय दत्तको चिठ्ठी, ‘मलाई निक्कै दुःख छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७१, आईतवार १४:३६
एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्त यतिबेला पुणेको यरवदा जेलमा आफ्नो सजाँय भुक्तान गरिरहेका छन् । अहिले उनले आफुलाई सन्तुलनमा राख्नु नै उनको चुनौति बन्ने गरेको छ ।
अबको १ महिना भित्रमा उनका दुई फिल्म रिलिजको तयारीमा छन् । त्यसैको तिव्र प्रतिक्षामा आफूलाई सम्हाल्दै छन्, उनी । उनको फिल्म ‘उंगली’ र त्यसको केहि दिनमै रिलिज हुने ‘पीके’ को प्रतिक्षामा छन् ।
पीकेका डाइरेक्टर राजकुमार हिरानीलाई संजयले लगातार चिठ्ठी लेखिरहेका छन् । संजयले यो वर्षभरी लगातार लेखेका चिठ्ठीहरुमा केही फरक पना देखिएको हिरानीले बताएका छन् ।
संजयले लेखेको चिठ्ठीमा आफूलाई निकै दुःख भएको उल्लेख गर्दै एक महिनाको छुट्टीमा पनि आफू निकै व्यस्त रहेको बताएका छन् । जेलबाट विदा लिएर न्युयोर्क र युरोप गएकाले कसैलाई भेट्न नपाएको बताएका छन् ।
राजकुमार रिहानीका अनुसार संजयले जेल भित्र पानीको बाल्टी उचालेर कसरत गरिरहेको, लगभग १४ किलो वजन घटेको उल्लेख गरेको बताएका छन् ।
sanjay__Datt
संजयले पीकेको सुटिङका लागि १६ दिन दिएका थिए । सुटिङका क्रममा अमिरले बार बार भनेका थिए की संजयकासाथ सर्किटको रोल गर्नु छ ।

भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१