साहित्यकार गीतकार साथै गजलकार चन्द्रा चाम्लिङ राई सँगको साहित्यक भलाकुसारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ मंसिर २०७१, शनिबार ०८:०२


– प्रदिप राई

साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई छर्लङ देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पुर्याउदछ । आज यहि साहित्यजगतले सारा सँसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधी भएपनी,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै एकैपटकमा परिबर्तन नभएपनी समयको मागसँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ भने । साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको भिन्दै छाप जीवितै रहेको छ । यहि साहित्यलाई आत्मासाथ गरी साहित्यको विधामा कलम चलाईरहनु भएकाहरु सयौ लाखौ छन । फरक यती हो कोही सफल भएका छन । कोही असफल ? हार र जितको मजा एकातिर रहे पनी साहित्यले हाम्रा समाजलाई सहि मार्गनिर्देश गरिरहेको छ । पछिल्लो समय युवा,युवतीदेखी बयष्कसम्मलाई साहित्यले छोएको राम्ररीनै देख्न सुन्न पाईन्छ । त्यसमा पनी साहित्य जगतमा गजल बिधाले दुई खुट्टे भनाउँदा मानिसहरुलाई त के पृथ्वीग्रहका अणु,अणुलाई लठ्याएको छ । आजको यस साहित्य स्तम्भ अन्र्तगत हामी साहित्यको फाँटमा रहेर गजल बिधा साथै गीतसंगितमा बिगत १३ बर्ष अगाडीबाट कलम चलाईरहनु भएका सन्खुवासभा जिल्ला, धुपु गा बि स – ५ भोगटेनी गाउमा पिता शेर बहादुर राई माता पवित्रा राईकोख बाट २०४३ साल चैत्र ११ गते जन्मनु भएका गीतकार साथै साहित्यकार गजलकार चन्द्रा चाम्लिङ राई सँगको आजको झम्का भेटमा केही साहित्य भलाकुसारिहरु म प्रदिप राई को साथमा।

१, चन्द्रा जी – तपाइलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ?
चन्द्रा :- हार्दिक हार्दिक धन्यबाद श्रद्देय प्रदीप दाजु साथै आभारी पनि छु हजुरसगको यो भलाकुसारी गर्ने सुबर्ण अवसर दिनु भएकोमा।

२, चन्द्रा जी – साहित्यले आफै आफ्नो बिशेषता बोलेपनी तपाईको बिचारमा साहित्य के हो ?
चन्द्रा:- हजुर पक्कै पनि, साहित्य जीवनको एउटा कला हो जुन भगवानले नै प्रदान गरेको हुन्छ।

३, चन्द्रा जि – सिङगो साहित्यकार हुनुमा र गजलकार साथै गीतकार हुनुमा कस्तो फरक पाउनुभएको छ ?
चन्द्रा :- खासै फरक छैन किन कि सबै विधाका साहित्य एउटै हुन्छ तर साहित्यकारहरुको खुबी अलग मात्र हो।

४, चन्द्रा जि – तपाईको सोचाईमा साहित्यले साच्चीनै समाज परिबर्तन गर्छ ?
चन्द्रा :- हजुर एकदमै गर्छ जुन समाजलाई परिबर्तन गर्छ जहाँ हरेक कुराको अभाव हुन्छ।

५, चन्द्रा जि – अब हामी तपाईको बिगततिर लाग्छौ, तपाई यो क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा अथवा तपाईको रहर हो गजलकार साथै गीतकार बन्नु?
चन्द्रा :- मैले साहित्यमा सानै बाट रुचि पनि राखेको थिए र पछि आएर एउटा बाध्यता जस्तो पनि भयो बाध्यता पनि कस्तो भने कसैको वास्तविक जीवन कहानीलाई एउटा गजल मार्फत उतार्न।

६, चन्द्रा जि – गजल के हो ? कसरी फुट्छ गजल ? कसरी लेखिन्छ ? र तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन ?
चन्द्रा :- गजल एउटा साहित्यको विधा हो जसलाई रदिफ र कफियाको ध्यान दिदै लेखिन्छ र साहित्यमा कुनै वर्ग हुन्छ जस्तो मलाई लाग्दैन।

७,चन्द्रा जि – भनिन्छ बाँच्नको लागी आर्थिक श्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन्, उनीहरुको गजलमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
चन्द्रा :- जब लेख्दै गइन्छ निखारता त पक्कै नै आउछ तर बजारको अभावले कुनै पनि विधाका साहित्यकारहरु पिडित भईरहेको पाएको छु।

७, चन्द्रा जि – पछिल्लो समय यता सबैले गजल लेख्ने प्रसारण, प्रकाशन गर्ने कतीले हु—बहु अरुको सारेर आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसमा ध्यान कसको जानुपर्छ नि ?
चन्द्रा :- हजुर एक दमै अपमान भएको छ यसको ध्यान त कानूनले गर्नु पर्ने हो तर नेपालमा यो लागु छैन जस्तो लाग्छ मलाई।

८, चन्द्रा जि – तपाई एकजना गजल बिधामा रहेर साहित्यलाई अगाडी बढाईरहनुभएको छ । तपाईजस्तै अन्य बिधामा रहेर साहित्य सिर्जना गनुहुने साथीहरुलाई के भन्नुहुन्छ ?
चन्द्रा :- साहित्यको कुनै पनि विधामा बढी लगाव छ र खुबी, अरुलाई भन्दा बढी समय दिई निखार ल्याउनु होला।

९, चन्द्रा जि – अन्त्यमा तपाईलाई गजलमा के हुनुपर्छ ? के को अभाव छ ? गजलमा कलम चलाईरहनु भएको अबको २ बर्षपछि हामी कस्तो अवस्था र साहित्यको क्षेत्रमा पाउन सकिएला ?
चन्द्रा :- हजुर गजलमा शब्द भाव, लय कला आदिले सिंगारिएको हुनुपर्छ अनि न्याय पनि गजलमा बिशिस्ट अग्रज तथा गजल मंचहरुले समय समयमा बिभिध तरिका बाट कार्यक्रम संचालन गरि प्रशिक्षण गराए अझ न्याय पाउथे कि।

–: हस्त धन्यवाद चन्द्रा जि, यती धेरै समय दिनु भएकोमा म प्रदिप राई साथै हाम्रो युनिटको तर्फ बाट पुनः भेट्ने बाचा सहित अहिले लाई बिदा चाहन्छु ।
चन्द्रा – धनयवाद त मैले, तपाइ र तपाइको यूनिटलाई दिनुपर्ने हो किनकी साहित्यको माहलमा म जस्तो मान्छेको भलाकुसारी तपाइहरुको अमूल्य समयलाई खर्च गरेर म सङ्ग संवाद गर्नु भएकोमा । धन्यवाद

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१