वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७१, बुधबार ०५:४३

(एजेन्सी)–राम्रो वैवाहिक जीवनका लागि राम्रो सेक्स लाइफ हुनु निकै जरुरी हुन्छ । खान–पीनले पनि वैवाहिक जीवनमा प्रत्यक्ष असर पुर्याउने गर्दछ । राम्रो खाना खानाले शरिर स्वस्थ हुने गर्दछ र सेक्स लाइफ पनि राम्रो हुने गर्दछ । त्यसकारण कुन खानाले सेक्स लाइफ वा प्रजनन अंगमा कस्तो हानी पुर्याउँछ भन्ने कुराको बारेमा जान्न निकै जरुरी हुन्छ । १. फ्राइड खानाः निकै फ्राई गरिएको खाना सेक्स ड्राइभका लागि हानिकारक हुने गर्दछ । वास्तवमा यस्तो प्रकारको खानामा जुन प्रकारको फ्याट्स पाइन्छ त्यसले टेस्टोस्टेरोन हर्मोनको श्रावलाई रोक्ने गर्दछ । त्यसकारण यदि तपाईं आफ्नो पार्टनरलाई इम्प्रेस गर्ने मुडमा हुनुहुन्छ भने डिनरको मेनूमा फास्ट–फूडलाई हटाउनुहोस् । २. आर्टिफिसियल स्विटनरः यदि तपाईं आर्टिफिसियल स्विटनरको प्रयोग गर्दै हुनुहुन्छ भने तुरुन्त सावधान हुनुहोस् । वास्तवमा यसको अधिक सेवनबाट ह्याप्पी हर्मोन भनिने सिरोटोनिकको श्रावमा गड्बडी हुने गर्दछ । यसका साथसाथै यो अनिन्द्रा, चिडचिडापन, टाउको दुखाई र चिन्ताको कारण पनि हुने गर्दछ । ३. सोडाः कोही मानिसहरुलाई खाना पछि सोडा खाने लत बसेको हुन्छ । coupleदैनिक रुपमा सोडा र फ्लेवर्ड ड्रिंक पिउने बानी स्वास्थ्यको लागि निकै हानिकारक हुने गर्दछ । यसको नियमित सेवनले मोटोपन, दाँतमा समस्या र डाइबिटिजको अलावा सेक्स लाइफमा पनि निकै प्रतिकुल असर पार्ने गर्दछ । ४. डेरी प्रोडक्ट्सः आजकाल बजारमा जुन डेरी प्रोडक्टहरु पाइन्छन् त्यसमध्ये धेरैजसो अप्राकृतिक हुने गर्दछन् । त्यसकारण धेरैजसो हाइफ्याट हुने डेरी प्रोडक्ट शरिर खराब गर्ने एक मुख्य कारण हुुने गर्दछ । यस्तो प्रकारको प्रोडक्टको अत्यधिक सेवनले एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हर्मोनहरुको श्रावमा गडबडी हुने गर्दछ । ५. चिप्सः चिप्सको एक प्याकेटले तपाईंको शरिरको तन्तुलाई नष्ट पार्ने गर्दछ । साथमा तपाईंको सेक्स ड्राइभलाई पनि । ६. मिन्टः के तपाईंलाई लगातार मिन्ट च्युुइंगम चपाउने बानी छ ? यदि छ भने यसलाई चपाउनुभन्दा पहिले सावधान हुनुहोस् । एक प्रकारले हेर्ने हो भने यसले पाचन तन्त्रलाई राम्रो बनाउने गर्दछ र यसले सासको दुर्गन्ध पनि हटाउने गर्दछ । त्यस्तै अर्को प्रकारले हेर्दा मिन्टको अधिक सेवनले मेन्थाल बनाउने गर्दछ जसले सेक्स ड्राइभलाई कम गर्ने गर्दछ । ७. कर्न फ्लेक्सः तपाईंलाई यो सुन्दा अचम्म लाग्ला कि धेरै मानिसहरुले ब्रेकफास्टको रुपमा प्रयोग गर्ने कर्न फ्लेक्सले सेक्स ड्राइभ कम गर्ने गर्दछ । ८. कफीः बिहानीको एक कप कफीले मूड फ्रेश बनाउने गर्दछ तर दिनभरी धेरै कफी पिउने बानीले तपाईंको शरिर र मुडमा नकारात्मक असर पुर्याउने गर्दछ । कफीको अत्यधिक सेवनले स्ट्रेस हर्मोनको श्रावमा गडबडी गरिदिन्छ । त्यसकारण यदि तपाईं खुसी र माया मिसिएको दिन चाहनुहुन्छ भने आफ्नो डाइटमा कफीको प्रयोग नगर्दा नै बेश हुन्छ । ९. सोयाः नेपाली चलनचल्तीमा मस्यौराको नाम दिइने यसलाई धेरै मानिसले मासुको सट्टामा प्रयोग गर्दछन् । यसमा पौष्टिकता त हुन्छ तर यसमा पाइने फायटोएस्टोरेजनले पुरुष सेक्स हर्मोनको साथ प्रतिस्पर्धा गर्ने गर्दछ । यो पुरुष प्रजनन अंग र उनको शरिरको लागि ठीक हुँदैन । १०. अल्कोहलः तपाईंलाई अल्कोहल लिइसकेपछि रिल्याक्स महसूस भएको भान होला तर यो वास्तविक होइन । वास्तवमा अल्कोहलले शरिरलाई संवेदनाहीन र निन्द्राले भरिएको बनाइदिन्छ जसका कारण डिं«क गर्ने व्यक्तिले रिल्याक्स महसुस गर्ने गर्दछ । त्यसकारण यदि तपाईं डिं«क गरिसकेपछि आफूलाई निकै रोमान्टिक महसुस गर्नुहुन्छ भने त्यो गलत हो किनभने डिं«क गरिसकेपछि टेस्टोस्टेरोनको श्रावमा कमी आउँछ जसका कारण सेक्स ड्राइभमा कमी आउने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१