डा. कृष्णजंग राणाका दुई कृति एकसाथ लोकार्पण (फोटो फिचर सहित )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० कार्तिक २०७१, आईतवार ०६:५४

अन्र्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको मुख्य आयोजमा बरिष्ट स्वाथ्यकर्मी समाजिक कार्यकर्ता तथा गजलकार डा. कृष्णजंग राणाद्वारा लिखित दुईवटा गजलसंग्रह मंजिलकी खोज तथा जिन्दगी प्यार और खुसिया एकसाथ विमोचन सम्पन्न भएका छन् ।lekali 2   
नेपाल हृदयरोग प्रतिष्ठान ललितपुरको कार्यक्रमहलमा सम्पन्न भएको उक्त कार्यक्रममा गजलका पिता मानिने चेतन कार्की गजल गुरु शनदकुमार वस्ती, उर्दु एकेडेमी नेपालका अब्दुल मोविल खान, उर्दुकवि इन्जिहाज बफाव लगायत लब्धप्रतिष्ठित सर्जकको आथित्यतामा रहेको थियो । कार्यक्रमको संचालन डा. रेणु थापा (सोलु)ले गर्नुभएको थियो भने स्वागत मन्तव्य बाबा बस्नेत गर्नुभएको थियो ।lekali 3
नेपाल सरकारका विभिन्न स्वास्थ्य संस्थाका प्रमुख पदमा रहेर लामो समय सम्म काम गरेपछि बिश्व स्वास्थ्य संगठनका स्वास्थ्य विशेषज्ञको रुपमा समेत डा. राणाले आफ्नो कार्यअनुभव हासिल गर्नुभएको थियो । केही समय अगाडि स्वास्थ्य सेवाबाट अवकाश लिएपछि राणाले आफ्नो साहित्यिक लेखनलाई सक्रिय बनाउनु भएको थियो ।lekali 4 जिन्दगीका ८० औं बसन्त पछि गजल लेख्न शुरु गरेका डा. कृष्ण जंग राणा ले ३ बर्षमा १६ वटा कृति प्रकाशित गरि सक्नु भएको कुरा साहित्य लेखनमा लागेका सर्जकहरुले प्रेरणाको रुपमा लिनुपर्ने कुरा कार्यक्रमका वक्ताहरुले अभिव्यक्त गर्नु भएको थियो । सभाध्यक्ष तथा अन्र्तराष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले डा. राणाले अझै उत्साहका साथ गजल सिर्जनामा लाग्नका लागि आग्रह गर्दै अनेसास नेपाल च्याप्टरले आगामी सिर्जना पनि यसै गरी लोकार्पण गरि अझ उहा प्रति सम्मान जनाउने कुरा व्यक्त गर्नु भएको थियो ।lekali

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१